मंगलवार, भाद्र ३१ गते, २०७६
सन्दर्भ अन्तर्राष्ट्रिय आप्रवासन दिवस
शुक्रवार, २०७० मंसिर २८ गते १६:५३

 
 
 नेपाल सरकारले बैदेशिक रोजगारमा जाने कामदारलाई अनिवार्यरुपमा सीप सिकेर र अभिमूखिकरण तालिम लिएर मात्र विदेश जान आह्वान गरेको छ । सप्ताहव्यापी अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०७० मनाउने क्रममा शुक्रवार श्रम तथा रोजगार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताइएको हो ।
‘सीप, सूचना र अभिमूखिकरण, सुरक्षित र मर्यादित आप्रवासन’ भन्ने राष्ट्रिय नाराका साथ यो वर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा सप्ताहव्यापीरुपमा मनाइने भएको हो । प्रत्येक डिसेम्बर १८ तारिखमा विश्वभर यो दिवस मनाइने गरिन्छ भने नेपालमा सन् २००० वाट यो दिवस मनाउन थालिएको हो । नेपालमा पनि श्रम तथा रोजगार मन्त्रालयका सचिव सूरेशमान श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन भई यो दिवस मंसीर २७ गतेदेखि पौष ३ गतेसम्म मनाउन थालिएको छ । कार्यक्रमलाई विभिन्न संघसंस्थाले सातै दिन विभिन्न ठाउँमा गर्ने र पौष ३ गते ( १८ डिसेम्बरमा) बृहत -यालिको आयोजना गरिने जनाइएको छ ।


‘बैदेशिक रोजगारवाट बढि भन्दा बढि लाभ लिनका लागि उच्च सीपयुक्त जनशक्ति उत्पादन गरेर कामदारको आय बढाउनुको साथै बैदेशिक रोजगारमा हुने ठगि र जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ ।’ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहेका सचिव श्रेष्ठले पत्रकार सम्मेलनमा भने–‘ सीप नै सफलताको पहिचान हो ।’ सचिव श्रेष्ठका अनुसार यही कार्तिक मसान्त भित्रको तथ्यांक हेर्दा बैदेशिक रोजगारमा अहिले ३० लाख २१ हजार ३ सय २ जना गएका छन्, जसमा ९१ हजार ३ सय ८ महिला कामदार रहेका छन् ।
बैदेशिक रोजगारको क्षेत्र धेरै अस्तब्यस्त हुने दक्षिण एसियामा नै नेपाल भएको हुँदा यसलाई क्रमिकरुपमा सुधार गर्न थालिएको सचिव श्रेष्ठले बताए । उनले आप्रवाशन दिवसको नै अवसरमा सरकारले खुशीको निर्णय गरेको समेत जनाए । उनले भने–‘ सरकारले बैदेशिक रोजगार विभागका थप चार वटा कार्यालय थप्ने अनुमति प्रदान प्रदान गरेको छ ।’ उनका अनुसार अहिले चार वटा कार्यालय अन्तर्गत मलेसिया, साउदी र कतार हेर्न छुट्टै कार्यालय र अन्य देश हेर्ने अर्को कार्यालय स्थापना गरिने छ । सचिव श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुलाई हेर्नका लागि थप श्रम सहचारी र कर्मचारी पठाउने गृहकार्य भइरहेको बताए ।
अभिमूखिकरण तालिम लिने शुन्य

सरकारले सुरक्षित र मर्यादित आप्रवासनका लागि अभिमूखिकरण तालिमलाई प्रभावकारी बनाउने भनिएता पनि सरकारले पछिल्लो समयमा गरेको अनुगमनमा यस्तो तालिम लिनेहरुको संख्या शुन्य देखिएको छ । सचिव श्रेष्ठले भने–‘ हामी अभिमूखिकरण तालिमलाई अनिवार्य गरिरहँदा तालिम लिनेहरुको संख्या नै भेटिएन ।’ उनले यस्ता संस्थाहरुलाई कारवाहीका लागि सिफारिस गरिसकेको बताए । प्रयाप्त कर्मचारीको अभावका कारण समय समयमा अनुगमन गर्न नसकिएको स्वीकार सचिव श्रेष्ठले गरे । पत्रकार सम्मेलनमा नै बैदेशिक रोजगार प्रवद्र्धन वोर्डकी निमिक्त कार्यकारी अधिकृत गिरिजा शर्माले अभिमूखिकरण तालिमका लागि प्रशिक्षक हुने, पूर्वाधार हुने तर प्रशिक्षार्थी नै नआउने गरेको बताइन् ।

यता नेपाल बैदेशिक रोजगार अभिमूखिकरण महासंघका अध्यक्ष पूर्णबहादुर मल्ल सरकारले अनुगमन गरेर गलत गर्नेलाई कारवाही गर्न आग्रह गर्दछन् । तर प्रशिक्षार्थीहरुलाई मेनपावर ब्यवसायीहरु नपठाउने गरेको आरोप उनको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा अभिमूखिकरण लिएर जानु पर्ने कुरालाई प्राथमिकतामा राखेपनि यसको प्रभावकारितालाई एक पटक सबै सरोकारवालाले हेर्ने हो कि ?
-उद्व भट्टराई



प्रतिक्रियाहरु
Aasha Lama, Jobtrack recruiting pvt ltd
Jobtrack as its social corporate responsibility has been giving free in-house training to all migrant workers females going through its company through an NGO Aasha H4 Foundation. Jobtrack is the only company to empower migrant workers female and yet its not in the notice of anyone. Very Strange...how long will people pretend ?

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media