विहिवार, मंसिर ०५ गते, २०७६
बरिष्ठ उपाध्यक्षमा नूरापति भण्डारी
मंगलवार, २०७३ माघ २५ गते २२:३२

 
वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल स्वास्थ्य व्यवसायी महासंघले आफ्नो ११ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । केही दिन अगाडि नै गर्ने भनिएको साधारणसभा विविध कारणले रोकिएपछि बुधबार महासंघको प्राङ्गढमा नै आयोजना गरि सम्पन गरेको हो । 
 
साधारणसभामा महासंघका अध्यक्ष कैलाश खड्काले बायोमेट्रिक मेडिकल प्रणाली कामदारको हितमा रहेको र बायोमेट्रिक प्रणाली लागू भएपछि वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारका समस्या क्रमशः घट्दै आइरहेको जानकारी दिए । महासंघको पहलमा पक्षपातपूर्ण तरिकाले सिमित व्यवसायीका मेडिकल सेन्टरहरुलाई मात्र उक्त प्रणालीमा आवद्ध गरिएको भन्ने केही स्वास्थ्य व्यवसायीको आक्षेपप्रति अध्यक्ष खड्काले असहमति जनाए ।

उनले भने–‘नेपाल स्वास्थ्य व्यवसायी महासंघको पहल र ईच्छामा नभइ मलेसियाको गृह मन्त्रालयको निर्णयको आधारमा लागेको हो, कुटनीतिक पहल गरी यो प्रणालीमा आवद्ध नभएकाहरुलाई आवद्ध गर्ने प्रयास गरिरहेका छौं । ’
 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विना गृहकार्य  निर्णय गरेका कारण वैदेशिक रोजगारीमा गई जहिलेसुकै स्वास्थ्य परीक्षणमा असफल भई फर्किएका कामदारहरुलाई क्षतिपूर्ति दिन नसकिने कार्यक्रममा अध्यक्ष खड्काले बताए ।
 
 अध्यक्ष खड्काले भने–‘हामी स्वास्थ्य व्यवसायीहरुले जानी जानी लापरवाही गरेका छैनौं, जहिले फर्किए पनि मेडिकल अनफिट भई स्वदेश फर्किएको कामदारलाई मेडिकल गर्ने संस्थाले क्षतिपूर्ति दिने भन्ने कुरा हामी मान्नेवाला छैनौं ।’
 
नेपाल सरकारले घोषणा गरेको फ्रि भिसा फ्रि टिकट निर्णय कार्यन्वयन भएमा मात्रै साच्चिकै रुपमा वैदेशिक रोजगारमा जाने कामदारले राहत पाउने  जिकिर गर्दै अध्यक्ष खड्काले भने– ‘सरकार नाराको रुपमा नभइ नीति र निर्णयको रुपमा लागू गर्न इमान्दार हुनुपर्ने अवस्था आएको छ ।’
कार्यक्रमका प्रमुख अतिथि नेपाल मेडिकल कलेजका कार्यकारी निर्देशक प्रा.डा. दामोदरप्रसाद पोखरेलले भारत स्वतन्त्र भएपछि उसले आफ्नो नागरिकलाई योग्य बनाई विदेशमा रोजगारीका लागि पठाएको कारण लाभ लिन सकेका कारण नेपालले पनि आफ्नो जनशक्तिलाई  उचित तालिमका आधारमा योग्य र दक्ष बनाई पठाउनु पर्ने धारणा राखे ।
 
रोजगारीका लागि मलेसिया जाने कामदारलाई त्यहाँका रोजगारदाताले गलत नियत राखी व्यवहार गरेर समस्यामा पार्ने गरेको प्रा.डा. पोखरेलको भनाई थियो ।

यसअघि सरकारी प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मलेसिया गएका डा. पोखरेलले भने– ‘मलेसियामा गई अधिकारको कुरा गर्ने कामदारलाई  मेडिकल अनफिट भनी नेपाल फर्काइने गरिएको छ, यस विषयमा नेपाल सरकार र व्यवसायी दुबै सचेत हुन जरुरी छ ।’ वैदेशिक रोजगारीको स्वास्थ्य परीक्षण गर्ने सस्थाहरुले इमान्दार  भई सचेततापूर्वक कामदारको स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रा.डा. पोखरेलको सुझाव थियो ।
 
साधारणसभालाई संवोधन गर्दै महासंघका पूर्व अध्यक्ष प्रवीण तिवारीले मेडिकल अनफिट भई स्वास्थ्य व्यवसायी संस्थाको धरौटीबाट कट्टा गरी कामदारलाई क्षतिपूर्ति दिने भन्ने प्रधानमन्त्रीको  निर्णय अविबेकी भएकाले त्यसलाई सच्याउन महासंघको नेतृत्व सक्रिय हुनुपर्ने सुझाव दिए । बजारमा कमिशनतन्त्रको अन्त्य हुनुको सट्टा झन मौलाएको, व्यवसायी एकता भन्दा फुटको अवस्था देखिएकाले सरकारले त्यसैलाई आधार बनाएर आफ्नो ईच्छा अनुसारको निर्णय लाद्ने स्थिति रहेकोले व्यवसायी एकतामा ध्यान दिनु आवश्यक रहेको पूर्व अध्यक्ष तिवारीको भनाई थियो । पूर्व उपाध्यक्ष नुरापति भण्डारीले महासंघ वायोमेट्रिकवालाहरुको मात्रै जस्तो देखिएकाले  महासंघबाट अलग्गिएका पूर्व अध्यक्ष खड्गबहादुर  श्रेष्ठ र सम्सेरबहादुर नेपाली पक्षलाई पनि एक बनाएर लैजानु  अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।
 
साधारणसभालाई पूर्व महासचिव मदन खनाल, महासंघका सल्लाहकार तथा निर्वाचन समितिका संयोजक देवान राई लगायतले  सफलताको शुभकामना  दिएका थिए । महासंघका महासचिव जीवनकुमार केसीले अतिथि तथा आगन्तुकहरुलाई स्वागत गर्दै आफ्नोपनको अनुभूतिका लागि पाँचतारे होटल र पार्टी प्यालेसहरुलाई छोडेर कार्यालय प्राङ्गणमा साधारणसभा  गरेको भन्दै महासंघ आफ्ना सदस्य संस्थाहरुको आर्थिक तथा व्यवसायिक हित रक्षाका लागि प्रतिवद्ध रहेको जानकारी दिए । त्यस्तै, महासचिव केसीले महासंघमा वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने मेडिकल सेन्टर त्यस्तो स्वास्थ्य परीक्षण गर्ने अस्पताल तथा पोलिक्निकहरु सदस्य रहेको जानकारी समेत दिए ।
 
महासंघ कार्य समिति सदस्य फुर्वा तामाङ्गद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि पोखरेलले कार्य समितिमा मनोनित नयाँ सदस्य सहारा हेल्थ सेन्टर प्रा.लिका सञ्चालक मिरा शर्मा, भ्याली पोलिक्लिनिक इन्टरनेशनल हेल्थ सेन्टर प्रा.लि.का सञ्चालक दाताराम काफ्ले र फ्युजन पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर प्रा.लि.का सञ्चालक धनबहादुर गिरीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
 
साधारणसभाको बन्दसत्रले  केन्द्रीय कार्यसमितिका तर्फबाट अध्यक्ष खड्काद्वारा प्रस्तुत बार्षिक नीति तथा आर्थिक वर्ष २०७३।०७४ को कार्यक्रम, महासचिव केसीद्वारा प्रस्तुत कार्य प्रगति बिबरण तथा कोषाध्यक्ष मुकुन्द भट्टराईद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७३।०७४को बार्षिक बजेट अनुमोदन गरी महासंघको विधान संशोधन गरेको छ । 
 
बन्द सत्रले पूर्व उपाध्यक्ष बुद्ध मेडिकल प्रा.लि.का सञ्चालक नुरापति भण्डारीलाई बरिष्ठ उपाध्यक्षमा निर्वाचित गरेको छ । महासंघको बरिष्ठ उपाध्यक्षमा निर्वाचित सिताराम रेग्मीले गत वर्ष फागुन २८ गते ८५ जना सदस्यहरु सहित राजीनामा दिएपछि उक्तपद खाली रहेको थियो ।
 
महासंघले  व्यवसायी  देवान राईको संयोजकत्वमा अधिवक्ता तथा महासंघका कानूनी सल्लाहकार केशबराज जोशी सदस्यसचिव र अम्मर  थापा सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो । निर्वाचन समितिमा पूर्व महासचिव मदन खनाल, नुरापति भण्डारी र शेर बहादुर सम्वाहाम्फेको मनोनयन दर्ता भएपनि खनालले सम्वाहाम्फेलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएका थिए भने सम्वाहाम्फेले भण्डारीलाई समर्थन गरेका थिए । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media