विहिवार, मंसिर ०५ गते, २०७६
बीमा सुविधा विस्तारका नाममा भोट बैंक बढाउने खेल
शनिवार, २०७३ माघ २१ गते ००:०८

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारमा जाने कामदारहरुको बीमा सुविधा तथा दुर्घटनामा परी उपचार गर्न वा जीवन गुमाउने नेपाली कामदारलाई दिइने आर्थिक सहायता रकम विस्तार गरी २७ लाख पु¥याउने घोषणालाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष हंशराज वाग्लेले काल्पनिक र विदेशमा कार्यरत नेपालीलाई भोट बैंक बनाउने योजना भनि आरोप लगाएका छन् ।
 
निर्वाचनको तयारी भइरहेको अवस्थामा सरकारका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले चुनावलाई लक्षित गरेर विदेशमा कार्यरत नेपालीको आकर्षण आफ्नो पार्टीतिर बढाउन काल्पनिक निर्णय गरेको संघका निवर्तमान अध्यक्ष वाग्लेको भनाइ छ । 
 
प्रधानमन्त्री दाहालले गत साता पत्रकार सम्मेलन गरी वैदेशिक रोजगार (म्यादी) जीवन बीमा र कल्याणकारी कोषबाट कामदारलाई दिइने रकममा वृद्धि गरिएको जानकारी दिएका थिए । ‘प्रधानमन्त्रीले घोषणा गरेको कुरा अत्यन्त राम्रो हो अझ वैदेशिक रोजगार व्यवसायीको चाहना त २७ लाख मात्र होइन ३० लाखदेखि ५० लाखसम्म पु¥याउनु पर्छ भन्ने हो । किनकि हामीले पठाएका कामदारले पाउने सेवा सुविधा बृद्धि हुँदा सबैभन्दा बढी खुसी हामीलाई लाग्छ’ निर्वतमान अध्यक्ष वाग्लेले भने– ‘इन्सुरेन्स पोलिसी के हो र बीमा सुविधा बढाउदा कति प्रिमियम बढाउनु पर्छ भनेर सरोकारवालासँग छलफल नै नगरी घोषणा गरेको निर्णय कार्यान्वयन हुनै सक्दैन ।’  


 
सुविधा बढाउने नाममा कामदारले तिर्दै आएको हालको प्रिमियम शुल्कमा कुनै पनि हालतमा बृद्धि गर्न नहुने तर्क निवर्तमान अध्यक्ष वाग्लेको छ । हाल प्रिमियर शुल्कवापत ३५ सय तिर्दै आएका विदेशिने कामदारसँग सरकारको यो निर्णयसँगै अब विमा कम्पनीहरुले करिब ८ हजार ५ सय रुपैया प्रिमियमवापत लिने तयारी गरिरहेको बुझिएको छ । 

हेर्नुहोस भिडियो 
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media