विहिवार, मंसिर ०५ गते, २०७६
बुधवार, २०७३ माघ १९ गते २१:५६

विद्या र वाणीकी देवी सरस्वतीको पूजा आराधना गरी बुधवार श्रीपञ्चमी पर्व मनाइँदैछ। विशेषगरी विद्या आर्जन, साधना र कला क्षेत्रमा लागेकाहरूले यो पर्वलाई महत्त्वका साथ मनाउने गर्छन् । ब्राह्मी, श्री, शारदा, विद्यादायिनी नामले चिनिने सरस्वतीको आराधनाले विद्या प्राप्ति हुने र बोलीमा प्रभाव बढ्ने विश्वास रहेको छ ।

विद्यार्थीहरू श्रीपञ्चमीका दिन बिहान सबैरै स्नान गरी भगवती सरस्वतीसहित पुस्तक, कलम, कापीलगायत पाठ्यसामग्रीको पूजा गर्दछन् । विशेषगरी बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गर्ने दिन पनि हो । वसन्त ऋतुको आगमनमा मनाइने पर्व भएकाले यो दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । बिहान वसन्त श्रवण गर्ने परम्परा छ । नेपालमा राष्ट्रप्रमुखले हनुमानढोका पुगी वसन्त श्रवण गर्ने परम्परा छ । वसन्त पञ्चमीकै अवसरमा कामदेव र रतिको पनि पूजा गरिन्छ ।

श्रीपञ्चमीका दिन शुभकार्य गराउन साइत हेराइरहनुपर्दैन भन्ने मान्यता रहेको इतिहास पुराणविद् प्रियम्बदा काफ्ले बताउँछिन् । उनका अनुसार साना नानीहरूलाई गुन्युचोली दिने, गृहारम्भ गर्ने, घर सर्ने, व्यापार व्यवसाय सुरु गर्ने लगायतका काममा साइतको आवश्यकता पर्दैन । यो दिन बिहेको साइत भए सुनमाथि सुगन्ध मानिन्छ । कति समुदायमा भने श्रीपञ्चमीलाई साइत मानेर बिहे गर्ने चलन छ ।

श्रीपञ्चमीको अवसरमा काठमाडौंको जयबागेश्वरी, सरस्वतीखेलको सरस्वती मन्दिर स्वयम्भुस्थित सरस्वती मन्दिरमा विद्यार्थीहरूको घुइँचो लाग्छ । श्रीपञ्चमीको अवसर पारेर विद्यालय तथा क्याम्पसमा विभिन्न कार्यक्रम हुने गर्दछन् । नयाँ सत्रको भर्नाका लागि विद्यालयहरूले आजकै मौका छोप्ने गरेका छन् ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media