विहिवार, मंसिर ०५ गते, २०७६
कुल ८ वटा राष्ट्रिय टिम सहभागी हुने
शुक्रवार, २०७३ माघ १३ गते ००:३५

‘ताप्लेजुङ पर्यटन प्रवद्र्धनका लागि खेलकुद र पर्यटनको विकासमा बनौ सहभागी’ भन्ने नारासहित यही फागुन ३ गतेदेखि ७ गतेसम्म ताप्लेजुङको फुङलिङमा जिल्ला भलिबल संघ ताप्लेजुङको आयोजनामा दोश्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
 
ताप्लेजुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको प्रतियोगिता ५ दिनसम्म संचालन हुने र ८ वटा राष्ट्रिय भलिबल टिमको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार ताप्लेजुङमा हुने यो प्रतियोगिता अहिलेसम्मकै सर्वाधिक राशीको राष्ट्रिय भलिबल प्रतियोगिता हो ।
 
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३ लाख ३० हजार, द्धितीय हुने टिमलाई १ लाख ६५ हजार र सान्त्वना पुरस्कार स्वरुप २ वटा टिमलाई नगद ३५–३५ हजार प्रदान गरिने आयोजकले राजधानीमा एक पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यस्तै हरेक विधामा उत्कृष्ट खेलाडिलाई ५ हजार र १ जना सर्बोत्कृष्ट खेलाडिलाई १० हजार प्रदान गरिने पनि जानकारी दिइएको छ ।
 
खेलकुद प्रतियोगिता संचालन गरी जिल्लाको पर्यटन प्रवद्र्धन र विकासका लागि प्रचारप्रसार गर्ने, आन्तरिक तथा बाहय पर्यटक भित्र्याइ जिल्लाको आर्थिक बिकासमा बृद्धि गरी समुन्नत जिल्लाकोरुपमा ताप्लेजुङलाई चिनाउने तथा विभिन्न जातजाती, भाषा संस्कृति र त्यस क्षेत्रका आम नागरिकलाई एकतावद्ध गर्दै राष्ट्र निर्माणका लागि स्वच्छ र स्वस्थ नागरिक निर्माणमा टेवा पु¥याउने लक्ष्य आयोजकले लिएको छ ।


 
कूल २८ लाख ४१ हजार ८ सय अनुमानित खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा काठमाडौमा विभिन्न पेशा व्यवसाय गरिरहेका ताप्लेजुङवासी बलबहादुर तामाङ, रमेश बराल र इश्वरी पौडेल रहेका छन् । पत्रकार सम्मेलनमा मुख्य प्रायोजकका तर्फबाट ६ लाख ७५ हजारको चेक प्रदान गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङले प्रतियोगिता सम्पन्न गराउन मुख्य प्रायोजकलाई दिइएको जिम्मेवारी पुरा गरेको बताउदै ताप्लेजुङको इज्जत राख्ने गरी प्रतियोगिता सम्पन्न गराउने प्रतिवद्धता व्यक्त गरे । 
 
ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंका महासचिवसमेत रहेका तामाङले विगतमा आफु आयोजककैरुपमा ताप्लेजुङमा विभिन्न खेलकुद प्रतियोगिता संचालनमा सक्रिय रहदै आएतापनि प्रतियोगिता सम्पन्न गराउन निकै समय र धेरै प्रयत्न गर्नुपर्ने भएकाले यसपटक भने मुख्य प्रायोजकको रुपमा रहेको जनाए । त्यस्तै सरोकार केन्द्रका उपाध्यक्ष चित्रगुप्त सावा लिम्बुले ताप्लेजुङमा हुने खेलकुद प्रतियोगिता खेल अवधीभर मात्र सीमित नरही स्थायित्व दिने किसिमको हुनुपर्ने बताए ।


मुख्य प्रायोजकका तर्फबाट चेक हस्तान्तरण गर्दै बलबहादुर तामाङ

पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका सचिव जगदीश भट्टले प्रतियोगितै प्रतियोगिताका माझ ताप्लेजुङमा हुन लागेको भलिबल प्रतियोगिता भव्यताकासाथ सम्पन्न हुने विश्वास लिएको बताए । उनले भौगोलिकरुपमा नेपालको पहाड, तराई र हिमाली भेगमा भलिबल खेल खेलिने बताउँदै नेपालभर हुने विभिन्न खेल प्रतियोगितामा उपस्थित दर्शकमध्ये आधा दर्शक भलिबल खेलले पाउने गरेको दाबी गरे ।
 
दोश्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिल्ला भलिबल संघ ताप्लेजुङका अध्यक्ष दिवस चोङबाङले प्रतियोगिता संचालन हुने स्थान, प्रतियोगिताको विधी, आय–व्यय, जनशक्ति व्यवस्थापन तथा प्रतियोगिताको दिगोपनामा बारेमा जानकारी गराएका थिए । 
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media