विहिवार, मंसिर ०५ गते, २०७६
बुधवार, २०७३ माघ १२ गते २२:५४

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई)ले भ्रष्टाचार अवधारणा सूचकांक २०१६ सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले १७६ देशमा सार्वजनिक क्षेत्रमा भ्रष्टाचारबारे अवधारणा मापन गरी सार्वजनिक गरेको सर्वेक्षणमा भ्रष्टाचार विश्वभर प्रमुख समस्याका रुपमा रहेको देखाएको छ ।
 
यस वर्षको सूचकाड्ढमा समावेश १७६ देशमध्ये डेनमार्क र न्युजिल्यान्ड कुल १०० मा ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने सोमालिया १० अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् ।
 
दक्षिण एशियाली राष्ट्रहरुमध्ये भुटान ६५ अंक प्राप्त गरी २७ औं स्थान, भारत ४० अंक प्राप्त गरी ७९ औं स्थान, मालद्विप्स र श्रीलंका ३६ अंक प्राप्त गरी ९५ औं स्थान, पाकिस्तान ३२ अंक प्राप्त गरी ११६ औं स्थान, नेपाल २९ अंक प्राप्त गरी १३१ औं स्थान, बङ्गलादेश २६ अंक प्राप्त गरी १४५ औं स्थान र अफगानिस्तान १५ अंक प्राप्त गरी १६९ औं स्थानमा रहेका छन् । छिमेकी मुलुक चीन ४० अंक प्राप्त गरी ७९ औं स्थानमा रहेको छ ।
 
सीपीआई २०१६ ले भ्रष्टाचार र सामाजिक असमानता एकअर्काका परिपूरक भएको र यसले राजनीतिप्रति निराशा पैदा गर्ने गरेको पनि उल्लेख गरेको छ ।
 
विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरुले गरेको विभिन्न सर्वेक्षणको आधारमा टीआईद्वारा गरिएको यो सूचकाड्ढमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्टाचार रहेको जनाउँछ । टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको छ भने यस सूचीमा नेपाललाई २००४ देखि समावेश गरिएको छ ।
 
विगत १ वर्षभित्र (सन् २०१५-१६) विश्व बैक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट, र भीडीइएमसमेत गरी ६ वटा संस्थाद्वारा गरिएका सर्वेक्षणका आधारमा नेपालले सीपीआई २०१६ मा १०० मा २९ अंक (गत वर्ष भन्दा २ अंक बढी) पाएको छ ।
 
यसले भ्रष्टाचारबारेको अवधारणामा सामान्य सुधार आएको देखाएपनि नेपालले पाएको स्कोरमा धेरै कम अंकको फेरबदलले अवस्थामा परिवर्तन भएको भन्न नमिल्ने बताइएको छ । अघिल्ला वर्षझैं यसवर्ष पनि १०० भन्दा बढी मुलुकले सीपीआईमा ५० भन्दा कम अंक प्राप्त गरेकाले भ्रष्टाचार विश्वव्यापी रहेको र समस्यामा सुधार आएको देखिएको छैन ।
 
ती सर्वेक्षणमा मूलतः विश्व बैकले सरकारद्वारा सार्वजनिक क्षेत्र पदाधिकारीहरुको काम कारबाहीमा निगरानीको स्थिति र नागरिक समाजलाई राज्यका काम कारबाहीको जानकारीमा पहुँच, वल्र्ड इकोनोमिक फोरमले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का पट्टा र न्याय प्राप्तिका लागि दिनुपर्ने घुस, ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, आयात निर्यातमा भ्रष्टाचारको अवस्था, बर्टेल्सम्यान फाउन्डेसनले सार्वजनिक पद दुरुपयोगमा कारबाही र सरकारबाट नियन्त्रणको स्थिति, वल्र्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद र सुरक्षा निकायका प्रतिनिधिहरुद्वारा निजी स्वार्थको लागि पदको दुरुपयोगको अवस्था, र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीइएम) ले राजनीतिक भ्रष्टाचारको व्यापकता जस्ता विषयहरु समेटेका छन् ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media