विहिवार, मंसिर ०५ गते, २०७६
सोमवार, २०७३ माघ १० गते २३:१७

 
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका र पुर्णरुपमा अशक्त भएका परिवारका सबै बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गरिने भएको छ । करार अवधि भीत्रै अविभावक गुमाएका र अविभावक पुर्णरुपमा अशक्त भएका बालबालिकाले यसै शैक्षिक सत्रबाट छात्रवृत्ति रकम पाउने भएका हुन् । 
 
कक्षा ८ सम्म पढ्नेलाई प्रतिव्यक्ति ८ हजार र कक्षा १२ सम्म पढ्नेलाई १२ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए ।
 
यस्तो छात्रवृत्ति सरकारी र निजी सबै विद्यालयमा पढ्ने विद्यार्थीले पाउने छन् । यस अघि सरकारी विद्यालयमा पढ्नेलाई मात्रै दिने भनिएपनि नियम परिमार्जन गर्दै सबैलाई दिने निर्णय भएको हो ।
 
छात्रवृत्तिका लागि आफु अध्ययनरत विद्यालयमै निवेदन दिन सकिने र विद्यालयले जिल्ला शिक्षा कार्यालयमा निवेदन पु¥याउने छ । जिल्ला शिक्षा कार्यालयले शिक्षा विभाग र शिक्षा विभागले प्रवद्र्धन बोर्डसँग समन्वय गरेर सम्बन्धीत विद्यालयबाटै छात्रवृत्ति रकम पाउने व्यवस्था मिलाइने छ । 
 
गएको वर्षदेखि छात्रवृति दिने व्यवस्था भएपनि थोरैले मात्रै आवेदन दिएका थिए । यस्तै गएको वर्ष सरकारी विद्यालयमा अध्ययनरतले मात्रै पाएका थिए भने परिवारका सबै विद्यार्थिले पाएका थिएनन् । यस वर्षदेखि सबैले पाउने छन् । 
 
मन्त्री परिषदले ढिलो निर्णय गरेका कारण यो शैक्षिक सत्रको अन्तिममा सुचना जारी गरिएको काफ्लेले जानकारी दिए । -उज्यालोअनला्इनबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media