विहिवार, मंसिर ०५ गते, २०७६
विहिवार, २०७३ माघ ०६ गते २२:३६

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम उपलब्ध गराउन थालेको छ ।  पहिलो किस्ता पाएर घर निर्माणमा तोकिएको मापदण्ड पूरा गर्ने भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम उपलब्ध गराउन थालिएको प्राधिकरणले जनाएको छ ।  
 
प्राधिकरणका अनुसार गोरखाका भूकम्प पीडितले दोस्रो किस्ताको रकम प्राप्त गर्न थालेका छन् ।  पहिलो किस्ताबाट तोकिएको मापदण्ड पूरा गरेर निजी आवास निर्माण सुरु गरेका ४१ भूकम्पपीडितले सेभ द चिल्ड्रेनको सहयोगमा दोेस्रो किस्ताको रकम प्राप्त गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।  बिहीबार थप ३० परिवारलाई दोस्रो किस्ताको रकम उपलब्ध गराइनेछ ।
 
त्यस्तै सिन्धुलीबाट ७३ र मकवानपुरबाट दुई सय पीडितले पहिलो किस्ताको रकमबाट घरको आधार तयार गरिसकेको सिफारिस आएकाले छिट्टै दोस्रो किस्ताको रकम वितरण गरिने पनि प्राधिकरणले बताएको छ ।  यसैबीच भक्तपुर जिल्लाका नौ हजार लाभग्राहीको खातामा पनि पहिलो किस्ताको रकम बिहीबार जम्मा हुने उहाँले बताउनुभयो ।  भक्तपुर जिल्लामा हालसम्म पहिलो किस्ताको रकम वितरण हुन सकेको थिएन ।  प्राधिकरणको तथ्याङ्क अनुसार भक्तपुरमा रकम भुक्तानीका लागि सिफारिस भएका १८ हजार ९८४ लाभग्राही छन्  । 
 
आवास निर्माणका लागि आवश्यक दक्ष डकर्मी उपलब्ध गराउन प्राधिकरणले सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमार्फत माघ २५ गतेदेखि धादिङ, नुवाकोट र गोरखा जिल्लामा सातदिने कालिगढ तालिम सञ्चालनको तयारी गरेको छ ।  
 
त्यस्तै माघ १८ गतेभित्रै हेल्भेटासको सौजन्यमा रसुवा, ओखलढुङ्गा मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक जिल्लामा गरी छ हजार पाँच सय डकर्मी र एक हजार सिकर्मीको तालिम सुरु गरेर निजी आवास निर्माणमा सहयोग पु¥याउने डा। भुसालले जानकारी दिनुभयो ।  
 
अबको दुई महिनाभित्र नै पहिलो किस्ता रकम बुझेका मध्ये करिब ३० प्रतिशतले दोस्रो किस्ताको रकम माग गर्ने अनुमान रहेको भन्दै प्राधिकरणले करिब २८ अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरिएको प्राधिकरणले बताएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media