मंगलवार, भाद्र ३१ गते, २०७६
शनिवार, २०७० मंसिर २२ गते १२:३१

मीन प्रकाश उप्रेती/
 रोजगार अनुमति प्रणलीबाट कृषि क्षेत्रमा काम गर्न कोरिया आईपुगेका नेपाली कामदारहरु बेरोजगार हुने सङ्ख्यामा  बढ्दै गएको छ । कोरियामा  मौसम परिवर्तनसँगै हिमपात सुरु हुन थालेपछि कृषि क्षेत्रका अधिकांस काम नहुने हुँदा बेरोजगारको सङ्ख्यामा वृद्धि भएको हो ।
 धान खेती ९मीनारि०, साग उत्पादन र फिनेल हाउसका अधिकांश काममा कार्यरत नेपालीहरूलाई मालिकले काम नभएको भन्दै अर्कैतिर काम गर्न जाने अनुमति सहितको पत्र दिएपछि अहिले कोरियामा आश्रय दिँदै आएका सेल्टरहरु बिरोजगार युवा युवतीहरुले भरिभराउ छन् । पाथिभरा हाउस सुवन, नेपाल हाउस तुन्देमुन, महिला सेल्टर तुन्देमुन, सदङ्गथान चर्च र ईन्छन लगायतका चर्चका सेल्टरहरुमा दुई सय भन्दा बढी नेपाली बेरोजगार युवा युवतीहरु रहेका छन् । सेल्टरको अभावमा साथी र होटलको आश्रय लिएर बस्ने नेपालीहरूको त्यतिकै रहेको छ ।
‘नौ महिना भयो कोरिया आएको,  पहिले काम गर्न निकै गाह्रो भएको थियो,  अन्तै सर्ने अनुमति देऊ भन्दा त्यतिबेला साहुले दिएन’ रुपन्देहिका मीन बाहादुर कार्कीले गुनासो सुनाए( ‘अहिले कामको सिजन नभएका बेलाकामबाट निकाली दियो ।’  उपदान पाउन तीन महिनामात्र बाँकी रहेका बेला साहुले निकालिदिएपछि त्यसबाटसमेत बन्चित हुनु परेको भन्दै कार्कीले गुनासो गरे(’ न उपदान पाइयो न काम पाइयो, यो बेलामा घर न घाटको बनाए ।’कोरियामा लगातार एक वर्षसम्म एकै ठाउँमा काम गरेमा आफूले पाउँदै आएको एक महिना बराबरको रकम उपदान स्वरूप पाउने गरिन्छ ।
चितवनका सरोज मगरको अर्को काम खोज्ने समय सकिन अब १५ दिनमात्र बाँकी छ  तर उनले काम पाएका छैनन् । काम खोज्नका लागि कोरियाली कानुनले दिएको तीन महिनाको समयमा साढे दुईमहिना सरोजले काम खोज्दैमा बिताए । तर पनि काम पाउन सकेका छैनन् । अब १५ दिन भित्रमा काममा नलागे उनी अवैधानिक हुन पुग्छन ।
सोही क्षेत्रमा काम गर्ने महिलाहरूको समस्या पनि पुरुषहरुको जस्तै छ । रोजगार विभागबाट कामको जानकारी नआएका कारण दलालमार्फत् पैसा तिरेर काम खोज्नु परेको लमजुङकी प्रतिमा मगरले बताईन । कोरियामा बेरोजार वैधानिक विदेशी कामदारलाई रोजगार विभाग९नोदम्बु०ले उनीहरूको मोबाइलमा सन्देश पठाइ कामको जानकारी दिने गर्छ । तर पछिल्लो दिनमा बेरोजगार नेपालीहरूकै संख्या सयौं पुग्न थालेपछि उनीहरूको कमाउने सपना चकनाचुर हुन थालेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media