विहिवार, मंसिर ०५ गते, २०७६
शुक्रवार, २०७३ पुस २८ गते ०२:०५

कतारको भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले यहाँका अमिर, विदेश र श्रममन्त्रीसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा डा. महतले कतारमा रहेका नेपाली श्रमिकहरुको सेवा, सुविधा र सुरक्षाबारे कुरा उठाएको उनको सचिवालयले जनाएको छ ।
 
वार्ताका क्रममा नेपाली श्रमिकको सेवा सुविधाका लागि कतार सरकार गम्भीर रहेको भन्दै समस्यामा परेकाको सुविधाका लागि सुरक्षित आवास गृहको स्थापना गर्ने समझदारी भएको डा. महतका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।
 
यसैगरी मजदुरले पाउनुपर्ने सुविधा नपाई कानुनी समस्या झेल्नुपरेको अवस्थामा अदालतसम्म पुग्दा झन्झटिलो हुने भएकाले श्रम मन्त्रालयअन्तर्गत नै एक संयन्त्र स्थापना गरी त्यहीँबाट समस्या समाधान गर्ने, नेपालमा एक पोलिटेक्निकको स्थापना गरी दक्ष जनशक्ति स्थापनाका लागि लगानी गर्ने तथा नेपालको हस्पिटालिटी, पर्यटन, हाइड्रोपावर र टेलिकममा कतारले लगानी गर्ने विषयमा कुराकानी र समझदारीहरु भएको बताइएको छ ।
 
नेपालले आगामी चैतमा गर्न लागेको लगानी समिटमा कतारले एक अनुसन्धान टोली पठाउने र त्यसले नेपालका कुन कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने बारेमा दिएको सुझावको आधारमा नेपालमा कतारले लगानी गर्नुका साथै द्विपक्षीय सम्बन्धका क्षेत्रको विस्तारका सम्भावनाहरुको पहिचान गर्ने बारेमा छलफल भयो ।
 
सो अवसरमा मन्त्री डा. महतले नेपाल र कतारका बीचको सम्बन्ध केवल श्रमिक पठाउने देशका रुपमा मात्र नभएर द्विपक्षीय अन्य विषय र नेपालमा कतारले लगानी गर्ने बारेमा आग्रह गरेका थिए ।
 
त्यस अवसरमा मन्त्री डा. महतले कतारका अमिरलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरेका थिए । उहाँ नेपाल आफू भ्रमण गर्न इच्छुक रहेको तथा नेपाली कामदारहरुको हकहितको लागि कतारले सधै विशेष ध्यान पुर्याउने बताउनुभयो ।
 
त्यसैगरी आजै विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलमानसँग पनि दुई देशको हितबारे कुराकानी भएको थियो ।
 
त्यसैगरी श्रम मन्त्रीन्त्री डा. इसा बिन साद अल जफालीसँग नेपालका दक्ष तथा अर्धदक्ष कामदाररको कोटा बढाउने, चौविस घन्टे वीमा सुविधा लागू गराउने, सन् २००५ मा भएको श्रम सम्झौतामा आवश्यक परिमार्जन गर्ने, श्रमिकको विभिन्न समस्या तथा गुनासोको छिटोछ्रन्दा छिटो समाधानका लागि अलग्गै संयन्त्र बनाउने, सुरक्षित आवास गृहको व्यवस्था गर्ने, कतारको श्रम मन्त्रालय र नेपाली दूताबासबीच समन्वय र सहकार्य बढाउनेलगायतका विषयमा छलफल भएको थियो ।
 
यी सबै मुद्दामा कतार सरकार सकारात्मक रहेको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनीहरुले व्यक्त गरेका थिए । बैठकमा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल पनि सहभागी थिए ।
 
यी द्विप्रक्षीय बैठकहरुमा परराष्ट्र सचिव शंकरदास बैरागी, कतारका लागि नेपाली कार्यवाहक राजदूत मणिरत्न शर्मा, परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका कौशलकिशोर राय पनि सहभागी थिए ।
अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media