विहिवार, मंसिर ०५ गते, २०७६
सोमवार, २०७३ पुस २४ गते ००:५९

सत्तासाझेदार माओवादी केन्द्र र कांग्रेसबीच १३ मुलुकमा राजदूत नियुक्ति सिफारिसबारे भागबन्डा मिलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापतिबीच पटकपटक भएका छलफल र वार्तापछि राजदूत नियुक्ति सिफारिस कोटाको टुंगो लागेको हो ।
 
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ६ देशमा कांग्रेसले, ४ देशमा माओवादी केन्द्रले, २ देशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले र एक देशमा साना दलका तर्फबाट राजदूत सिफारिस गर्ने सहमति भएको छ । परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले राजदूत नियुक्ति सिफारिसका लागि निरन्तर गरेको प्रयासबीच सत्तारूढ दलबीच भागबन्डा मिलेको हो ।
 
प्रधानमन्त्री दाहालले १३ मुलुकमा राजदूत सिफारिस गर्दा दुवै पार्टीले ५०र५० प्रतिशत भागबन्डा गर्नुपर्ने अडान राख्दै आएका थिए । कांग्रेस सभापति देउवाले भने संसद्को ठूलो दलको नाताले राजदूत सिफारिस गर्दा कांग्रेसलाई ६० प्रतिशत कोटा दिइनुपर्ने अडान लिएका थिए । त्यसैका कारण राजदूत नियुक्ति सिफारिसमा सहमति जुट्न सकेको थिएन ।
 
सत्तारूढ दलबीच कसले, कति देशमा राजदूत सिफारिस गर्ने तथा कसलाई राजदूत बनाउने भन्ने विवादका कारण सिफारिसमा ढिलाइ भएको छ । परराष्ट्रमन्त्री महतनिकट स्रोतले राजदूत नियुक्ति सिफारिसका लागि सत्तासाझेदार दलबीच सहमति भइसकेको जानकारी दियो ।
 
'मन्त्रीज्यू कतार भ्रमणबाट फर्केलगत्तै राजदूत सिफारिस हुने सम्भावना छ', स्रोतले भन्यो । सरकारले जापान, बहराइन, श्रीलंका, बंगलादेश, अस्ट्रेलिया, इजरायल, संयुक्त अरब इमिरेट्स, दक्षिणकोरिया, कतार, म्यानमार, साउदी अरेबिया, डेनमार्क र ओमनका लागि राजदूत सिफारिस गर्ने तयारी गरिरहेको परराष्ट्रमन्त्री महतले बताए ।
 
माओवादी केन्द्रले पूर्ववर्ती ओली सरकारका पालामा सिफारिस गरेका चारजनालाई अबको नियुक्ति सिफारिसमा दोहोर्‍याउने प्रधानमन्त्रीनिकट स्रोतले बतायो । त्यसबेला माओवादी केन्द्रले युवनाथ लम्साल, डा। महेन्द्र सिंह, लक्की शेर्पा र पदम सुन्दासलाई राजदूतका रूपमा प्रस्ताव गरेको थियो ।
 
सरकार परिवर्तन भएसँगै एमालेद्वारा प्रस्तावितलगायत राजनीतिक कोटामा सिफारिस भएका १४ जनाको नाम सरकारले फिर्ता लियो । यद्यपि परराष्ट्र सेवाका सहसचिव ८ जनालाई भने दाहाल सरकारले निरन्तरता दिएको थियो । परराष्ट्र सहसचिवले नियुक्ति पाएका मुलुकका दूतावासमा कार्यभार समालिसकेका छन् ।
-अन्नपूर्णपोष्टबाट 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media