मंगलवार, भाद्र ३१ गते, २०७६
फर्किएका कामदारको क्षतिपूर्तिको माग
बुधवार, २०७० मंसिर १९ गते १६:५२

बैदेशिक रोजगारका लागि यूएई जान त्रिभुवन विमानस्थल पुगेका करिव ३ सय युवालाई अध्यागमन कार्यालयले विना कारण फर्काएकोमा बैदेशिक रोजगार व्यवसायीहरुले अध्यागमन विभाग विरुद्ध मुद्धा हाल्ने भएका छन् । 
 
नेपाली कामदारलाई सक्कली भिषाको माग गर्दै अध्यागमन कार्यालय एयरपोर्टका कर्मचारीले यूएई हिडेका कामदारलाई दुःख दिएको भन्दै त्यसको क्षतिपूर्ति समेत अध्यागमनले नै उपलब्ध गराउनका लागि मुद्धा हाल्न लागिएको नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले बताए ।
आवश्यक कागजात पुरा नभएको र ओरिजिनल भिषा नभएको भन्दै अध्यागमनले गत आइतवार बेलुकादेखि नेपालीलाई फर्काउन थालेपछि पीडित युवा र बैदेशिक रोजगार व्यवसायीहरु अध्यागमनप्रति आक्रोसित भएका थिए । यस भन्दा पहिले अख्तियारले अध्यागमनका कर्मचारी पक्रिएको बेलामा समेत अध्यागमनवाट सयौका कामदार फर्किएका थिए । पटक पटक अध्यागमनले ब्यवसायी र कामदारलाई दुःख दिइरहेको छ संघका अध्यक्ष तामाङले भने–‘ हामी अव चुप लागेर बस्दैनौ, अहिलेसम्म जति कामदारलाई फर्काइएको छ सवैको क्षतिपूर्तिको दावीसहित मुद्धा हाल्छौ ।’
अध्यागमन कार्यालयका कर्मचारीहरुले यूएई जाने कामदारहरुको इ–भिषालाई मान्यता नदिई सक्कल भिषा नै माग्न थालेपछि धमाधम नेपालीहरु फर्काइएको थियो । यस अघि विभागले इ–भिषालाई नै मान्यता दिएर प्रथान अनुमति प्रदान गर्दै आएको थियो । ब्यवसायी र नेपाली कामदारहरुको ब्यापक विरोध पछि अध्यागमन विभागले अनलाइन देखिएको भिषा र इभिषालाई प्रवेशाज्ञा दिने निर्णय गरेको छ । विभागका महानिर्देशक शरदचन्द्र पौडेलले हस्ताक्षर गरी प्रवेश अनुमति दिनका लागि अध्यागमन कार्यालयमा पत्र पठाइसकेका छन् । ‘अहिले सहज भएको छ’ संघका अध्यक्ष तामाङले भने–‘ तर हामी पटक पटकको सास्ती खेप्न तयार छैनौ ।’
 
 यता विमानस्थलवाट फर्किएका कामदारको क्षतिपूर्ति मेनपावरले नै ब्यहोर्नु पर्ने विभागले जनाउँदै आएको छ । तर ब्यवसायी तथा पीडित कामदारहरु भने सरकारले फर्काएको हुँदा सरकारले नै क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने अडान राख्दै आएका छन् । 
बैदेशिक रोजगारमा जानका लागि बैदेशिक रोजगार विभागले अन्तिम स्वीकृति प्रदान गर्छ तर अध्यागमनले विभिन्न बाहानामा रोक्नु सरासर नेपाली जनतालाई दुःख दिने नियत भएको बैदेशिक रोजगार ब्यवसायीहरुको भनाई छ । सरकारी कार्यालयवीचमा नै समन्वय हुन नसक्दा कामदारहरुले दुःख पाइरहेका छन्, यसको अन्त्य सँधैका लागि हुनुपर्ने सम्बन्धित सवैको माग छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media