मंगलवार, भाद्र ३१ गते, २०७६
इ–भिषा होइन सक्कली भिषा माग्यो
सोमवार, २०७० मंसिर १७ गते १७:२६

रोजगारीका लागि यूएई उड्न विमानस्थल पुगेका ३ सय भन्दा वढि युवालाई अध्यागमन कार्यालयले फर्काएको छ । आवश्यक कागजात पुरा नभएको र ओरिजिनल भिषा नभएको भन्दै अध्यागमनले हिजो बेलुकादेखि नेपालीलाई फर्काउन थालेपछि पीडित युवा र बैदेशिक रोजगार व्यवसायीहरु अध्यागमनप्रति आक्रोसित भएका छन् ।
भोजपुर जिल्लाका तिलक विष्ट आज विहान यूएई उड्नका लागि विमानस्थल पुगेका थिए । मेनपावरलाई ८० हजार तिरेर यूएई हिडेका उनी अन्र्तराष्ट्रिय विमानस्थलवाट नै सोमवार फर्काइए । अध्यागमन विभाग कालिकास्थानमा भेटिएका उनले भने– ‘सवै चेकिङ्ग भएर प्लेन चढ्न लाग्दा ओरिजनल भिषा माग्दै म लगायत अरु केही साथिलाई फर्काइयो ।’ अध्यागमन कार्यालयका कर्मचारीहरुले यूएई जाने कामदारहरुको इ–भिषालाई मान्यता नदिई सक्कल भिषा नै माग्न थालेपछि धमाधम नेपालीहरु फर्कन थालेका हुन् । यस अघि विभागले इ–भिषालाई नै मान्यता दिएर प्रथान अनुमति प्रदान गर्दै आएको थियो । 
विमानस्थलवाट धमाधम कामदार फर्कन थालेपछि बैदेशिक रोजगार व्यवसायीहरुले अध्यागमनको यस्तो कार्यप्रति विरोध समेत जनाएका छन् । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा अध्यागमन विभाग कालिकास्थानमा सोमवार दिनभर नै शान्तिपूर्ण विरोध कार्यक्रम भयो । ब्यवसायीहरुले विभागका महानिर्देशक शरदचन्द्र पौडेललाई भेटी समस्याको समाधान तत्काल गर्न दवाव समेत दिए । 
यता विभागका महानिर्देशक पौडेलले कागजात पुरा नभएर केही कामदार फर्किएका बताउँदै यस्तो समस्या तत्काल समाधान गरिने जानकारी दिए । उनले भने–‘ सवै प्रकृया पुगेका इ–भिषालाई अव अध्यामनले मान्यता दिने छ, त्यस्ता कामदार फिर्ता हुनेछैनन् ।’
विमानस्थलवाट फर्किएका कामदारको क्षतिपूर्ति मेनपावरले नै ब्यहोर्नु पर्ने विभागले जनाएको छ । तर ब्यवसायी तथा पीडित कामदारहरु भने सरकारले फर्काएको हुँदा सरकारले नै क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने अडान राख्दै आएका छन् । 
बैदेशिक रोजगारमा जानका लागि बैदेशिक रोजगार विभागले अन्तिम स्वीकृति प्रदान गर्छ तर अध्यागमनले विभिन्न बाहानामा रोक्नु सरासर नेपाली जनतालाई दुःख दिने नियत भएको बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङको भनाइ छ । उनले भने–‘ अनलाइनमा भिषा देखाउँदा समेत बैदेशिक रोजगार विभागले दिएको स्वीकृतिलाई नमान्नु दुखत कुरा हो ।’ अध्यक्ष तामाङका अनुसार अहिलेसम्म ३ सय भन्दा वढि कामदार फर्किएको र रातिसम्म एक हजार पुग्न सक्नेछ । 
सरकारी कार्यालयवीचमा नै समन्वय हुन नसक्दा कामदारहरुले दुःख पाइरहेका छन् । यस्तो कार्यले गर्दा हवाई टिकट गुम्नुको साथै नेपाली कामदारहरु प्रति विदेशी कम्पनीले हेर्ने दृष्टिकोण परिवर्तन हुन सक्छ त्यसैले मेनपावर कम्पनीले पनि सबै सरकारी प्रकृया पु¥याएर कामदार पठाउन जरुरी छ भने सरकारले पनि विना कारण आफ्ना जनतालाई दुःख दिन हुँदैन ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media