मंगलवार, भाद्र ३१ गते, २०७६
शुक्रवार, २०७० मंसिर १४ गते १७:१६

दिनेश लुइटेल
निकै लामो छलफल र विवादका बाबजुद मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण रिपोर्ट बायोमेट्रिक प्रणालीमा लाने विषयमा नेपाल स्वास्थ्य व्यवसायी महासंघ र मलेसियाको बेस्टिनेट कम्पनीबीच भएको सम्झौता कार्यान्वयन प्रक्रियाको अन्तिम चरणमा पुगेको छ । मलेसिया सरकारले कामदार आपूर्ति गर्ने नेपाललगायत १५ देशका लागि यो प्रणाली मार्फत स्वास्थ्य परीक्षण रिपोर्ट पेश गर्नु पर्ने निर्णय गरेको हो । जसका लागि बेस्टिनेट कम्पनीलाई मलेसिया सरकारले आधिकारिकता दिएको छ । 
नेपालमा स्वास्थ्य परीक्षण गरी फिट भएर गएका कामदारलाई मलेसियाले विना कारण स्वाथ्यमा समस्या देखिएको भन्दै फर्काउने क्रम बढेको र नेपालमै पनि गुणस्तरीय स्वास्थ्य परीक्षणमा प्रश्न उठ्न थालेकाले यो प्रणाली लागु गर्न लागिएको महासंघले जनाएको छ । ‘विना कारण स्वास्थ्यमा समस्या देखाउँदै फर्काउने क्रम बढेर गएको छ । यो समस्या अन्त्य गर्न पनि बायोमेट्रिक प्रणाली लागु गर्ने भएको हो’ महासंघका अध्यक्ष प्रविन तिवारीले भने, ‘पहिलो चरणमा यो प्रणाली मार्फत स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाको निरीक्षण सकिसकेको छ । डिसेम्बरको अन्त्यबाट लागु हुन्छ ।’ 
मलेसिया जाने कामदार र त्यहाँ भएका नेपाली कामदारको यकिन तथ्यांक नेपाल सरकारसँग नभएको र केही स्वास्थ्य संस्थाले नक्कली रिपोर्ट बनाएर पठाउने क्रम बढेकाले यो प्रणाली लागु भएपछि यो समस्या अन्त्य हुने महासंघको विश्वास छ । अध्यक्ष तिवारीले फर्किएका कामदारको घाऊमा मल्हम लगाउन महासंघ सदा तत्पर रहेको तर अरुले गरेको गल्तीको भागीदार बन्न र अबका दिनमा विनाकारण करोडौं क्षतिपूर्ति महासंघले नदिने बताउँछन् । 
बायोमेट्रिक प्रणाली कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताइएता पनि केही व्यवसायीले यो निर्णय र प्रक्रियाको विरोध गरिहेका छन् । महासंघका केही पदाधिकारीको नीजि स्वार्थ र पैसाको चलखेल रहेको उनीहरूको आरोप छ । वैदेशिक रोजगार मेडिकल एशोसिएसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले भने, ‘हामीले यो प्रक्रिया गलत भयो र यसमा केही सीमित व्यवसायीको स्वार्थ देखिएकाले यसको विरोध गरेका हौं ।’ तर महासंघका वरिष्ठ उपाध्यक्ष कैलाश खड्का यसलाई निराधार आपोप लगाइएको बताउँछन् । कामदारको हितभन्दा पनि कमिशन र आफू अनुकूल बनाउन नसकेकाले यो निर्णय र प्रक्रियाको विरोध गर्दै हिँडेको उनको दाबी छ ।
वेस्टिनेटले निरीक्षण गरेका स्वास्थ्य संस्था मध्ये छनौट भएका संस्थाको अन्तिम नामावली तयार पारिसकेको छ । तर यो विषयमा महासंघको साधारणसभा पश्चात मात्र आधिकारिक धारणा तय गर्ने जनाइएको छ । छनौट भएका संस्थाले ८ हजार डलर (करिब ८ लाख नेपाली रुपैयाँ) वेस्टिनेटलाई बुझाउनु पर्ने हुन्छ । जस वापत उसले यो प्रणालीमा प्रयोग हुने सफ्टवेयर तथा विविध उपकरण उपलब्ध गराउने छ ।
यता श्रम तथा रोजगार मन्त्रालयले यो प्रणाली लागु भएपछि विदेशिन कामदारको स्वास्थ्य परीक्षण शुल्क वृद्धि नगर्न जोड दिएको छ । ‘हामी कामदारको स्वास्थ्य परीक्षणको विषयमा गम्भीर छौं’ मन्त्रालयाका सचिव सुरेशमान श्रेष्ठले भने, ‘नेपाली कामदारको हितमा यदि कुनै निर्णय गरिन्छ र हुन्छ भने त्यसलाई सबैले स्वागत गर्नुपर्छ ।’ सफ्टवेयर खरिद गर्न धेरै पैसा पर्ने र प्रति कामदार १५ डलर मलेसियालाई बुझाउने आवाज उठिरहेका बेला बेस्टिनेटले भने कुनै आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । सचिव श्रेष्ठले आफू एक नेपाली नागरिक भएकाले वैदेशिक रोजगारमा जाने गरिब नेपालीको हितमा सधैं लाग्ने बताए । 
स्वास्थ्य परीक्षण रिपोर्ट हस्तलिखित हुँदै आएता पनि यो प्रणाली लागु भएपछि त्यसको अन्त्य हुनेछ । अन्य देशको हकमा भने यही प्रणाली लागु भइरहेका बेला केही व्यवसायीले हस्तलिखित रिपोर्ट नै कायम हुनु पर्ने बताएका छन् । तर नेपाल स्थित मलेसियाली दूतावासका कर्यावहाब राजदूत फादि अदिल्लाहले यो निर्णय मलेसियाले कामदार आपूर्ति गर्ने १५ देशका लागि गरेकाले नेपालको हकमा पनि लागु हुने बताए । ‘यो निर्णय हामी सबैको हितमा छ’ कार्यबहाक राजदूत अदिल्लाहले भने, ‘यसले दुवै देश र कामदारलाई पनि फाइदा पुग्ने छ ।’ वेस्टिनेटको अधिकारिकता माथि नै प्रश्न उठिरहेका बेला उनले भने, ‘आफ्नो देशमा आउने कामदारको स्वास्थ्य परीक्षण सम्बन्धी सम्पूर्ण आधिकारिकता गृह मन्त्रालय मार्फत वेस्टिनेट कम्पनीलाई प्रदान गरिएको छ । बेस्टिनेटको आधिकारिकता माथि कुनै शंका नगर्नुस्’ उनले थप्दै भने, ‘धेरै स्वास्थ्य संस्थासँग बेस्टिनेटले सम्झौता गर्दा असजिलो हुन्छ । बेस्टिनेटसँग महासंघको सम्झौता भइसकेको छ, यो प्रक्रियामा महासंघ मार्फत नै आवद्ध हुँदा सहज हुन्छ ।’

सरकारले गुणस्तरीयताको स्वागत गर्छ
सुरेशमान श्रेष्ठ, सचिव 
श्रम तथा रोजगार मन्त्रालय
हामी सबैले नेपाली कामदारको स्वास्थ्य परीक्षणमा संवेदनशील हुँनैपर्छ । गरिब नेपालीले हाल कायम रहेको भन्दा बढी पैसा नतिरी गुणस्तरीय स्वास्थ्य परीक्षण गर्न पाउँछन् र सबैको हित हुन्छ भने त्यसलाई स्वागत गर्न पछि हुट्नु हुँदैन । 

सहजिकरणको भूमिकामा छौं 
फाद्ली अदिल्लाह, का. राजदूत 
मलेसिया दूतावास, नेपाल
यो निर्णयले मलेसिया र नेपाल दुवैलाई फाइदा हुन्छ । त्यसैले हामी सहजीकरणको भूमिका निभाइरहेका छौं । छरिएर एक एक गरी वेस्टिनेटसँग सम्झौता गर्नुभन्दा छाता संगठन मार्फत आउँदा सहज हुन्छ ।
 
महासंघको कुनै स्वार्थ छैन 
प्रविन तिवारी, अध्यक्ष 
नेपाल स्वास्थ्य व्यवसायी महासंघ
नेपाली कामदारको स्वास्थ्य परीक्षणका विषयमा महासंघ सधैं चिन्तित छ । गुणस्तरीय स्वास्थ्य परीक्षण गर्नकै लागि यो निर्णय लागु गर्न महासंघले ऐतिहासिक निर्णय गरेको हो । यसमा मेरो र महासंघको कुनै स्वार्थ छैन । यो निर्णय नेपाली कामदारको हितमा छ ।

महासंघको निजी स्वार्थ
खड्गबहादुर श्रेष्ठ, अध्यक्ष 
नेपाल वैदेशिक रोजगार मेडिकल एशोसिएसन
हामीले निर्णय होइन, प्रक्रिया गलत भयो भनेका हौं । महासंघका केही पदाधिकारीको नीजि स्वार्थ देखिएकाले विरोध गरेका हौं । यो सम्झौता महासंघले नभएर सरकारले गर्नुपर्छ भन्ने हाम्रो माग हो । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media