मंगलवार, भाद्र ३१ गते, २०७६
बुधवार, २०७० मंसिर १२ गते १७:५४

वैदेशिक रोजगार विभागका महानिर्देशक बिनोद केसीलाई विभागवाट बुधवार विदाई गरिएको छ भने उनको ठाउँमा रविन्द्र मोहन भट्टराई महानिर्देशक भएर आउने पक्का भएको छ । तर भट्टराई आउने विषयमा भने श्रम तथा रोजगार मन्त्रालयले आधिकारिक निर्णय भने गरिनसकेको बताएको छ ।
विभागमा महानिर्देशक केसीलाई कर्मचारीहरुले बुधबार पाँच बजेपछाडि बिदाई गरे । महानिर्देशक केसी विभागमा आए यता अख्तियार काण्डदेखि धेरै घटना दोाहेरिएपछि उनी निकै विवादमा तानिएका थिए । विभागमा विदाई हुँदा समेत संचारकर्मीसँग प्रतिक्रिया दिन अफठ्यारो मानेका केसीले आफ्नो कार्यकालमा विभागमा उल्लेख्य काम भएका र ती कामहरु विस्तारै सवैले देख्दै जाने बताए । उनले जादाजादै आफ्नो कार्यकालमा महत्वपूर्ण काम गर्दा तथा विभिन्न चुनौति र समस्याका समयमा साथ दिने कर्मचारी, वैदेशिक रोजगार व्यवसायी, संचारकर्मी तथा सरोकारवाला सम्पूर्ण निकायलाई आभार प्रकट गरे ।  लामो समयदेखि सरुवाको प्रतिक्षामा रहेका केसी शान्ति तथा पुर्नस्थापना मन्त्रालयमा जाने भएका छन ।  
राष्ट्रपति कार्यालयमा सहसचिवका रुपमा रहेका नयाँ आउन लागेका महानिर्देशक भट्टराई सामान्य प्रशासन हुँदै श्रम मन्त्रालयमा केही समयअघि मात्र सरुवा भएर आएका हुन् । यस्तै विभागमा मंगलबार नै मन्त्रालयबाट नयाँ निर्देशककारुपमा कमल भण्डारी हाजिर भइसकेका छन् । यस्तै निर्देशक भेषबहादुर कार्की पनि नयाँ निर्देशकका रुपमा विभागमा आइसकेका छन्  । निर्देशक भण्डारी र कार्की दुवै बैदेशिक रोजगारको क्षेत्रमा दक्ष, अनुभवी र छिटाछरिताका रुपमा मानिन्छन् । यसअघि आएका केही कर्मचारीहरु आफ्नो दायित्व निर्वाह भन्दा केवल जागिर पकाउने ढंगका मात्र भएको आरोप बैदेशिक रोजगार व्यवसायीहरुको रहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media