मंगलवार, भाद्र ३१ गते, २०७६
हिमाल मेनपावरका टेकबहादुर विजयी
सोमवार, २०७० मंसिर १० गते १४:१३

सँधै मेनपावर ब्यवसायी भनेर हेला र नकारात्मक दृष्टीकोणमा हेरिने भएता पनि यस पटकको संविधान सभाको निर्वाचनमा बैदेशिक रोजगार ब्यवसायीहरुको राम्रो उपस्थिति देखियो । प्रमुख ठूला दलवाट प्रत्यक्ष र समानुपातिक उम्मेदवार भएर उनीहरु चुनावी मैदान होमिए । दलहरुले आफ्ना जनतालाई स्वदेशमा रोजगारी दिन नसकेपछि बैदेशिक रोजगारको महत्व अहिले युवामा मात्र नभएर राजनैतिक दलमा पनि बढ्न थालेको देखिन्छ । पछिल्लो समयमा मेनपावर व्यवसायीहरुको सकारात्मक कार्य र उनीहरुको प्रभावका कारण राजनैतिक दलहरु मेनपावर व्यवसायीलाई विश्वास गर्न थालेको प्रष्ट हुन्छ । 
यस पटकको संविधान सभामा मेनपावर व्यवसायीहरुको जीत भने हुन नसकेता पनि मनाङ जिल्लावाट हिमाल मेनपावर इम्प्लोइमेण्ट सर्भिस प्रालिका प्रवन्ध निर्देशक टेकबहादुर गुरुङले प्रत्यक्षवाट संविधान सभाको सदस्यमा पहिलो जित हाँसिल गर्न सफल भए । उनी नेपाली काँग्रेसवाट विजयी भएका हुन् । उनले १ हजार ५ सय २७ मत ल्याएर विजयी भए । 
सवैले अपेक्षा गरेका तर संम्मानजनक हार ब्यहोर्न पुगेका नेकपा एमालेवाट प्रत्यक्षका उम्मेदवार दानबहादुर तामाङ र एलपी साँवालिम्बूले पनि राम्रो जनताको मत ल्याउन सफल भए । दुवै जना नेपाल बैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष समेत हुन् । तामाङले चितवन जिल्लाको क्षेत्र नं ५ वाट ८ हजार ४ सय ४ मत ल्याएका थिएभने उनले २३ सय ७५ मतले हारेका थिए । त्यसैगरी झापा क्षेत्र नै ५ वाट लिम्बूले १६ हजार ३ सय ४७ मत ल्याए उनले मात्र २ सय ४० मतले हार ब्यहोर्नु प¥यो ।
त्यसैगरी नेपाली काँग्रेसवाट गल्फलिंक ओभरसिजकी संचालिका सीतादेवी देवकोटाले पाल्पा क्षेत्र नं १ वाट प्रत्यक्षमा उठेकी थिइन् । उनले ४ हजार ५ सय ४१ मत ल्याएकी थिइन् । उनको जीत हुन नसके पनि मेनपावर व्यवसायी अझ महिलाले त्यो अवसर पाउनु चानचुने कुरा नभएको जानकारहरु बताउँछन् ।   
त्यसैगरी राप्रपा नेपाल तथा अन्य साना दलवाट पनि मेनपावर व्यवसायीहरु प्रत्यक्ष र समानुपातिकमा उभिएका थिए । नेपाली काँग्रेसवाट ब्यवसायी संघका पूर्व अध्यक्ष तिलकबहादुर रानाभाट समानुपातिकमा पर्ने संभावना देखिएको बताइन थालेको छ । 
समग्रमा भन्नुपर्दा पहिलो संविधान सभामा मेनपावर व्यवसायीहरुको उपस्थिति नभएको अवस्थामा अहिले धेरथोर सहभागी हुनुलाई सवैले सकारात्कम दृष्टीले हेरिएको छ । ब्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङ हारजीतको खेल भन्दा पनि ब्यवसायीहरुलाई राष्ट्रिय राजनीतिमा समेट्नु महत्वपूर्ण भएको बताउँछन् । 
अर्को तर्फ सवै दलहरुले आफ्नो घोषणा पत्रमा बैदेशिक रोजगारको विषयलाई प्राथमिकताका साथ उठाउनुलाई पनि अव यो क्षेत्रको महत्व वढ्न थालेको प्रष्ट हुन्छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media