सोमवार, आश्विन ०६ गते, २०७६
आरामदायी र सजिलो जहाज भएको यात्रुको भनाई
शुक्रवार, २०७२ श्रावण २२ गते १९:४२


उद्वव भट्टराई
साउन २२, संखुवासभा । संखुवासभा र त्यस आसपासमा जाने र काठमाडौं आउने यात्रुहरुलाई लक्षित गरेर गोमा एयरले आजबाट काठमाडौं–तुम्लिङ्गटार–काठमाडौं उडान शुरु गरेको छ ।

गोमा एयरले शुक्रबार तुम्लिङटारका लागि पहिलो उडान गर्दै आफ्नो सेवा शुभारम्भ गरेको छ । संखुवासभाका सभासद, पूर्व सांसद, गोमा एयरका संचालक तथा यात्रुहरुसहित १८ जनाबाट पहिलो उडान भरेको गोमा एयर र यात्रुलाई तुम्लिङटार विमानस्थलमा भब्य स्वागत गरियो । गोमा एयरलाई तुम्लिङटारमा स्वागत गर्न प्रमुख जिल्ला अधिकारी गंगाबहादुर श्रेत्री आएका थिए ।  




गोमा एयरको उडानसँगै तुम्लिङ्गटारमा उडान भर्ने बिमानको संख्या ३ पुगेको छ । यस भन्दा अगाडि बुद्ध एयर तथा यति एयरका बिमानले उडान भरिरहेका छन् । तुम्लिङ्गटार बिमानस्थल पहाडी क्षेत्रकै सबैभन्दा उत्तम बिमानस्थल भएकाले  पहाडी भेगका यात्रुलाई गुणस्तरीय, आरमदायी र सहज सेवा दिन गोमा एयरले सेवा शुरु गरेको जनाएको छ ।

गोमा एयरको पहिलो उडानमा रहेका संखुवासभाका सभासद तारामान गुरुङले गोमा एयर सजिलो र धेरै आरामदायी भएको अनुभव सुनाउँदै भने– ‘गोमा एयरको उडानले अब संखुवासभा र आसपासका यात्रुले सहज सेवा पाउने र समग्र संखुवासभाको पर्यटन विकासमा टेवा पुग्नेछ ।’

चार वर्ष अगाडि शुरु भएको गोमा एयरले पहाडी क्षेत्रको उडान भर्ने क्रममा तुल्मिङटारमा सेवा प्रारम्भ गरेको गोमा एयरका प्रवन्ध निर्देशक मनोज कार्कीले जानकारी दिए । यात्रुसँगै तुम्लिङटार उडेका कार्कीले भने–‘ पहिलो चरणमा हप्तामा तीन दिन ( आइतबार, बुधबार र शुक्रबार) उडान भर्ने भएता पनि यात्रुको चाहाना अनुसार हामी चाँडै दैनिक उडान थाल्नेछौ ।’




गोमा एयरको भर्खरै बनेको ९ एन एकेवाई नयाँ जहाज तुम्लिङटारका लागि उडेको छ । उक्त जहाजमा उडान गर्दा सुरक्षित र आरामदायी हुने प्रवन्ध निर्देशक कार्कीले  दावी गर्दै भने –‘२०१४ मा बनेको नयाँ जहाजको सुविधा र वनावट ठूलो जहाजको जस्तै छ, अन्य सेवा राम्रो उपलब्ध छ ।’

गोमा एयरको पहिलो उडानसँगै रहेका संखुवासभाका पूर्व सांसद टंक राई र पासाङ शेर्पाले उडान आरामदायी रहेको बताउँदै गोमा एयरले संखुवासभाबासीलाई  थप सेवा उपलब्ध गराएकोमा खुशी व्यक्त गरे । उनीहरुले भने–‘संखुवासभाको पर्यटन विकासमा एउटा याम थपिएको छ ।’

गोमा एयरलाई तुम्लिङटार पु¥याउनका लागि संखुवासभावासी ट्रेकिङ व्यवसायी नविन त्रितालले पहल गरेका हुन् । उनले संचालन गरेको एक्पिडिशन हिमालय डटकमले गोमा एयरको जिएसए लिएको छ ।

गोमा एयरको सेवा शुरु भएपछि संखुवासभाको पर्यटन विकास र संखुवासभालाई सामाजिक सेवा प्रदान गर्नका लागि चाँडै दैनिक उडान थालिने एक्पिडिशन हिमालय डटकमका संचालक त्रितालले बताए । तुम्लिङटार विमानस्थलमा ओर्लेपछि उनले भने–‘ आज हामी एकदमै खुशी छौ, अब केही दिनमा दैनिक उडान शुरु हुन्छ ।’

चाडवाडको समयमा तुम्लिङ्गटार बिमानस्थलमा यात्रा गर्ने यात्रुले टिकट नपाएर बर्षौं देखि सास्ती भोग्दै आइरहेका छन् । बिषेशगरी दशैं तिहारको बेलामा यात्रुले सास्ती खेप्नु परिरहेको अवस्थामा अब भने थप उडान थपिने भएकाले सास्ती खेप्नु नपर्ने त्रितालको भनाई छ । उनले भने–‘दशैंको लागि बुकिङ खुल्ला गरेका छौ ।’

पहिलो उडानमा गोमा एयरका संचालक आशिस शेरचन, प्रवन्ध निर्देशक कार्की, संचारकर्मी तथा सर्वसाधारण यात्रु रहेका थिए । उक्त जहाजले १८ यात्रु बोकेर आजै काठमाडौ उडेको छ ।  




प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media