सोमवार, आश्विन ०६ गते, २०७६
पीडित यादव भन्छन किन समयमै राहदानी हेरिएन
विहिवार, २०७२ श्रावण २१ गते २०:५०

 
.
दिनेश लुइटेल/ जिल्ला प्रशासन कार्यालय पर्साको लापरवाहीले भिषा लागि मलेसिया जान लागेका एक नेपाली युवा विमानस्थलको बोडिङ पास लिने ठाँउबाट फर्किनुपरेको छ । सन् २०१३ मा जिप्रका पर्साबाट वितरण गरिएको ध्रुपनारायण यादवको राहदानीमा जिप्रका पर्साको छाप नभएपछि विमानस्थलमा रहेको एयर एशियाको काउण्टरबाटै यादव फर्किनुपरेको हो ।

गुरुङ मेनेजमेण्ट सर्मिस प्रा.लि.बाट वैदेशिक रोजगारीका लागि मलेसिया उड्न आज साउन २१ मा विमानस्थल पुगेका यादवको राहदानीमा जिप्रका पर्साको छाप नभएपछि उनलाई एयरलाइन्सको काउण्टरबाटै फर्काइएको पीडित यादवले रोजगार मञ्चलाई बताए । उनी अपरान्ह ३ः३० बजेको एयरएशिया विमानबाट मलेसियाको एक कम्पनीमा काम गर्न जाँदै थिए ।

२ वर्ष अगाडि राहदानी बनाएका यादवले विदेश जाने भन्दै विभिन्न मेनपावरमा राहदानी पेश गरेका थिए । तर ६ महिना अघि गुरुङ मेनेजमेन्टमा राहदानी बुझाएर भिसा लागिसक्दा समेत यती गम्भिर त्रुटि न मेनपावर कम्पनी, न नेपालस्थित मलेसियन दूतावासले हेरेका थिए ।

यता राहदानी विभागका महानिर्देशक लोकबहादुर थापा यादवको राहदानीमा जिप्रकाको छाप नहुनुलाई मानवीय त्रुटि भन्छन् । रोजगारमञ्चसँग कुरा गर्दै थापाले भने–‘विगतका राहदानीमा यस्ता मानवीय त्रुटि देखिएपनि विस्तारै त्यस्ता गल्ति सच्याउँदै लगेका छौं ।’

यादवका अनुसार मेनपावर कम्पनीले भने दुई पक्षको समझदारीमा पुन : अर्को टिकट काटि  उनलाई मलेसिया उडाउने आश्वासन दिएको छ ।

विना अभिमूखिकरण उड्दै थिए यादव



विदेशिने कामदारले विदेश जानुपूर्व अनिवार्य अभिमूखिकरण तालिम लिनुपर्ने प्रावधान भएपनि तालिम नै नलिइकन यादव मलेसिया जान लागेका थिए । यादवको हातमा राजधानीको एलमिरा मल्टिपल ट्रेनिङ सेन्टरबाट तालिम लिएको प्रमाणपत्र भएपनि उनले आफुले यस्तो कुनै तालिम नलिएको बताए । ‘सवै कागजपत्र मेनपावरले दियो म कुनै तालिम लिन ट्रेनिङ सेन्टर गइन ।’ यादवले बताए । अभिमूखिकरण तालिम व्यवस्थित बन्दै गएको सरकारी पक्ष र व्यवसायीले दावी गरिरहेका बेला यादवको हातमा विना तालिम थमाइएको प्रमाणपत्रले स्पष्ट पार्छ तालिम नलिएपनि प्रमाणपत्र किन्न पाइन्छ ।

किन समयमै राहदानी हेरिएन : पीडित यादव



विदेश जाने भन्दै मैले २ वर्ष अगाडि राहदानी बनाए । थुप्रै मेनपावरमा राहदानी बुझाए तर कसैले १ महिना त कसैले १५ दिनमा भिसा झर्छ भन्दै झुलाए । ६ महिना अघि आफन्तको सहयोगमा बसुन्धरामा रहेको गुरुङ मेनेजमेन्टमा राहदानी बुझाए । चाँडै विदेश जान पाइन्छ भन्ने लागेको थियो तर भिसा लाग्यो उड्ने दिन आयो भनेर सबैसँग विदा मागि काठमाडौं आए ।

मेनपावरमा ८० हजार बुझाएर आज मलेसिया उड्न विमानस्थल आएको थिए । मलाई विदा गर्न गाँउका साथीहरुसँगै बुवा पनि एयरपोर्टमै आउनुभयो । सबैसँग विदा मागेर एयरपोर्ट भित्र पसे । विमान चढ्न वोडिङ पास लिन एयरएशियाको काउन्टरमा जाँदा काउन्टरका कर्मचारीले तपाईको राहदानीमा जिप्रकाको छाप छैन भन्दै फर्काइदिए । मसँगै विदेश जान लागेका अरु २ जना साथीहरु भने वोडिङ पास लिएर मलेसिया उडे म भने एयरपोर्टबाटै फर्कनुप¥यो ।

‘राहदानीमा हस्ताक्षर गरेर छाप नहान्ने कर्मचारीका कारण म अलपत्र परे । फेरी छाप थिएन भने त्यती बेलै मेनपावर र भिसा लगाउने एम्वेशीले किन मेरो राहदानी हेरेनन् ?’ यादवको गुनासो छ ।
 
(विमानस्थलबाट फर्काइएका यादवसँग रोजगारमञ्चले गरेको कुराकानीमा आधारित)     



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media