बुधवार, श्रावण ०१ गते, २०७६
विहिवार, २०७२ श्रावण १४ गते १८:३७


धादिङ । बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पले पु¥याएको क्षतिपछि राहत र पुनःनिर्माणको काम भैरहेको छ । भूकम्प गएको तीन महिना वितिसक्दा पनि अझै कतिपय ठाँउहरुमा प्रयाप्त राहत पुग्न सकेको छैन ।

यसैबीच धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सेर्तुङ गाविस वार्ड नं. ८ स्थित खार्सा गाँउमा राहत वितरण गरिएको छ । खार्सा भूकम्प पीडित पुनःनिर्माण समूहद्धारा भूकम्प पीडितहरुलाई बर्खायाममा आवश्यकता पर्ने ३ लाख बराबरको राहत सामग्री वितरण गरिएको थियो । यस गाउँमा अहिलेसम्म यातायातको कुनै सुविधा छैन त्यसकारण हेलिकप्टरमा सामान ढुवानी गरिएको थियो ।

समाजसेवी प्रदिप कुमार तामाङले आफ्नो गाँउका भूकम्प पीडितलाई मल्हम लगाउन समूह नै बनाएर राहत संकलन गरेका थिए । समूहको संयोजकसमेत रहेका तामाङले अझै पनि आफू राहत वितरण गर्न लागि पर्ने बताए । खार्सा लगायत सेर्तुङका विभिन्न गाँउमा भूकम्पले अन्न पुरेपछि अहिले पनि उनीहरु राहत कै भरपर्नु पर्ने अवस्था रहेको छ ।

गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष एवं ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल(टान)का उपाअध्यक्षसमेत रहेका कुलबहादुर गुरुङको प्रमुख अतिथ्यमा भएको उक्त राहत वितरण कार्यक्रममा उनले भने, ‘हामी सबैलाई भूकम्पले पीडित बनाएको छ ।

राहतको काममा मात्र होइन पुनःनिर्माणको काममा पनि हामी सबै एक भएर अगाडि बढ्नु पर्छ । गुरुङले आफू कुनै राजनीति स्वार्थले नभई समाजिक सेवाको निमित्त र पीडित जनताहरुलाई पुनःनिर्माणमा प्रोत्साहन दिन र राहत सामग्री वितरण गर्न आएको स्पष्ट पारे । साथै उनले आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । गुरुङ विगतका दिनहरुमा पनि गाँउको विकास र सामाजिक कार्यमा अग्रसर हँुदै आएका छन् ।
–योगेन्द्र तामाङ



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media