सोमवार, आश्विन ०६ गते, २०७६
» रोजगार
सरकारले विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरुको तलब बैंक खाताबाटै भुक्तानी गर्ने व्यवस्था नयाँ आर्थिक वर्षदेखि लागू गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले देशभरिका श्रमिकको तलब बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था साउन १ गतेदेखि लागू गर्ने निर्णय पारित गरेको हो ।
दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत श्रमिकको तलब बढाउने निर्णय गरेको छ । शनिबार सम्पन्न त्यहाँको पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १०.९५ प्रतिशत बढाउने निर्णय गरेको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मजदुरको न्यूनतम तलव १३ हजार ४५० रुपैयाँ निर्धारण गरेको छ । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिस अनुसार मन्त्रालयले यो निर्णय गरेको हो । यसअघि मजदुरको न्यूनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो ।
Results 22 : You are at page 1 of 22
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22  Next »

Powered By : Unitech Media