एनआरएनए युएईले पायो सामाजिक संस्थाकोरुपमा कानुनी मान्यता

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति युएई, युएईको सरकारी निकायमा सामाजिक संस्थाकोरुपमा दर्ता भएको छ । मध्यपूर्वी देशहरुमा रहेका शाखामध्ये सम्वन्धित मुलुकमा कानुनी मान्यता पाउने युएई शाखा दोश्रो शाखा भएको छ । यसअघि ओमान शाखा कानुनीरुपमा दर्ता भएको थियो ।

आइतबार नेपाल एशोसिएसनको नाममा युएईको कम्युनिटी डेभलपमेन्ट अथोरेटी ९सीडीए०मा दर्ता भएको संंस्थाले सामाजिक, सांस्कृतिक, मनोरञ्जन, खेलकुदलगायतका कार्यक्रमको आयोजनाका साथै परोपकारी काम गर्न पाउने एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए ।

‘युएइमा रहेका अन्य नेपाली संस्थासँग सहकार्य गरेर हामी अघि बढ्छौं । चाडैँ अन्य नेपाली सामाजिक संस्थाका प्रतिनिधिहरुसँग छलफल गर्नेछौं’, उनले भने ।

युएईमा सामाजिक संस्था खोल्न न्यूनतम १० जना हुनुपर्ने र त्यसमा दुईजना युएईका नागरिक हुनुपर्ने प्रावधान छ । सोहीअनुसार संस्थामा दुईजना स्थानीय नागरिक र ८ जना एनआरएनए युएईका वर्तमान कार्यसमितिका पदाधिकारी छन् । जसमा निर्मलकुमार पोखरेल, राजु केसी, कृष्णप्रसाद पौडेल, नवीन पौडेल, ठक्करबहादुर कार्की, कल्पना राई र नेत्रप्रसाद शर्मा छन् ।

संस्थाको कार्यालय देरा दुबईको आबु बकर अल सिद्दिकी मेट्रो स्टेसन नजिक स्पेडिक्स भवनमा राखिएको छ ।

दर्ता प्रमाणपत्र एकवर्षका लागि मात्रै हुने भएकाले हरेक वर्ष नविकरण गराउनुपर्ने एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *