बुटवलमा जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु
- मंसिर २९, २०८१
- 0
बुटवलमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल तिनाउ पुलमा बोलेरो जिप अनियन्त्रित भएर पल्टिँदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मृत्यु हुनेमा बुटवल–१ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने छन् ।
दमको बिरामी गौरी खनाललाई उपचारका लागि नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ।
इलाक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितका अनुसार पश्चिम तर्फबाट तिनाउ पुल पार गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको हो।
शुक्रबार राती साढे १२ बजेतिर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।
0 प्रतिक्रिया
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बिहान ११ बजे बस्न लागेको छ । पार्टी केन्द्रीय कार्यालय […]
बुटवलमा जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु
बुटवलमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पुर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल तिनाउ पुलमा बोलेरो जिप अनियन्त्रित भएर पल्टिँदा […]
काठमाडौंमा आज यो वर्षकै बढी चिसो
शनिबार बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महशुस गरिएको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार […]
हुम्लावासीका लागि खानेपानीको समस्या समाधानका गर्न आवश्यक : मन्त्री यादव
हुम्ला (सिमिकोट) । खानेपानीमन्त्री प्रदीप यादवले हुम्लावासीका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्नका लागि महत्वपूर्ण योजनाहरु अगाडि सारेको बताएका छन् […]
एनपीएलमा आज पनि दुई खेल हुँदै, प्लेअफमा पुग्न तीन टिमबीच प्रतिस्पर्धा
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार (आज) दुई खेल हुँँदैछन् । बिहान पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्दैछन् । […]