काठमाडौंमा आज यो वर्षकै बढी चिसो
- मंसिर २९, २०८१
- 0
शनिबार बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महशुस गरिएको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो ।
काठमाडौंबाहेक देशैभरि चिसो क्रमशः बढ्दै गएको छ । जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ भन्दा कम मापन भएका छन् ।
त्यस्तै जोमसोममा न्यूनतम तापक्रम ओरालो लागेर माइनस दुई देखि माइनस ३ सम्म झरेको छ। । जिरीमा पनि न्यूनतम तापक्रम शून्यभन्दा कम हुँदै गएको छ ।
यसपालि हिउँदमा सरदरभन्दा कम पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको थियो ।
0 प्रतिक्रिया
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बिहान ११ बजे बस्न लागेको छ । पार्टी केन्द्रीय कार्यालय […]
बुटवलमा जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु
बुटवलमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पुर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल तिनाउ पुलमा बोलेरो जिप अनियन्त्रित भएर पल्टिँदा […]
काठमाडौंमा आज यो वर्षकै बढी चिसो
शनिबार बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महशुस गरिएको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार […]
हुम्लावासीका लागि खानेपानीको समस्या समाधानका गर्न आवश्यक : मन्त्री यादव
हुम्ला (सिमिकोट) । खानेपानीमन्त्री प्रदीप यादवले हुम्लावासीका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्नका लागि महत्वपूर्ण योजनाहरु अगाडि सारेको बताएका छन् […]
एनपीएलमा आज पनि दुई खेल हुँदै, प्लेअफमा पुग्न तीन टिमबीच प्रतिस्पर्धा
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार (आज) दुई खेल हुँँदैछन् । बिहान पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्दैछन् । […]