उपत्यकामा १९३५ सहित देशभर थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन ३५६४ संक्रमणमुक्त हुदा १९ जनाको मृत्यु
news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १९३५ सहित देशभर थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका १६९२, भक्तपुरका १३४ र ललितपुरका १०८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ३५६५ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ८४ हजार ५१८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पल्लिो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *