उपत्यकाका ७५५ सहित देशभर थप १४९७ जनामा कोरोना पुष्टि, एकैदिन १७ को मृत्यु (विवरणसहित)

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ७५५ सहित देशभर थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो समय तिब्र गतिमा संक्रमितहरु बढीरहेको उपत्यकाको काठमाडौका ६०९, भक्तपुरका ५१ र ललितपुरका ९५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । लकडाउन खुलेपछि उपत्यकामा संक्रमितको दर उच्च हुन थालेको र हाल देशभर रहेका कुल संक्रमितको आधा संख्या उपत्यकामा मात्र भएकाले यस क्षेत्रमा उच्च सर्तकता अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै आज ४५७ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ५० हजार ४११ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५३ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *