पाल्पामा पहिरोले ३ घर पुरिँदा एकै परिवारका ५ सहित ६ जना वेपत्ता

news-details

पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटमा पहिरोले ३ वटा घर पुरिँदा ६ जना वेपत्ता भएका छन् ।

अविरल वर्षासँगै खसेको पहिरोले दुई घर पुरिँदा बेलौजाका एकै परिवारका ५ सहित ६ जना वेपत्ता भएका हुन ।

स्थनीय हुम बहादुर गाहा र मान बहादुर गाहाको घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष उमानसिंह सारुका अनुसार बेलौजाको हुम बहादुरको परिवारका ५ जना वेपत्ता भएका छन भने वडा नं २ कै सुरुङ्गडांडामा घर पुरिँदा १ जना वेपत्ता भएका छन ।

मनबहादुर गाहाको परिवारका तीन जनाले भने भागेर ज्यान जोगाउन सफल भएको वडा अध्यक्ष सारुले बताउनुभयो ।

यस्तै सुरुङ्गडाँडामा वेपत्ता हुने गर्भवती महिला हुन । उनका श्रीमान भने पहिरो खसेपछि भागेर ज्यान जोगाउन सफल भएको वडा अध्यक्ष सारुले जानकारी दिनुभयो ।

पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएको हुँदा उद्दारमा समस्या भएको उहाँले बताउनुभयो ।

उद्दारका लागि जिल्ला सदरमुकामदेखि नेपाली सेनाको टोली घटास्थलतर्फ जाँदै गरेको नेपाली सेनाको पाल्पास्थित गोरखदल गणले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *