उपत्यकाका ६३७ सहित देशभर थप ११७२ मा कोरोना पुष्टि, १८९३ जना डिस्चार्ज (विवरणसहित)
- अशोज ७, २०७७
- 0
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ६३७ सहित देशभर थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ६७ हजार ८०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज १८९३ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ४९ हजार ९५४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३६ पुगेको पनि मन्त्रालयले जनाएको छ ।