कार्तिक ८ गतेदेखि विदेशी च्यानलहरुलाई विज्ञापनरहित बनाउन समितिको निर्देशन

news-details

स‌ंघीय प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन ऐनको ब्यवस्था अनुसार आगामी कार्तिक ८ गतेदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुलाई बिज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

अन्तर्राष्ट्रिय प्रचलन अनुसार स्वदेशी बजार र टेलिभिजन च्यानलहरुलाइ प्रवर्द्धन गर्न ऐनले तोकेको समय सीमामा सो ऐनको ब्यवस्था लागु गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

यसैगरी ऐनको प्रावधानअनुसार गठन गरिनुपर्ने विज्ञापन बोर्ड समेत यथाशक्य छिटो गठनका लागि समितिले निर्देश गरेको छ । सो अवसरमा समितिको अध्यक्षता गरिरहनुभएकी समिति सभापति कल्याणि कुमारी खड्काले ऐनहरु बनेपनि कार्यान्वयनमा नआउने परिस्थिति हटाउनु पर्ने धारणा राख्नुभयो ।

सञ्चार तथा सूचना मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले कोभिड १९ का कारण बिज्ञापन बोर्ड गठनमा ढिलाइ भएको उल्लेख गर्दै निर्धारित समयभित्र बिदेशी च्यानलहरुलाइ बिज्ञापनरहित बनाउने प्रतिबद्धता प्रकट गर्नुभयो ।

सो अवसरमा समिति सदस्यहरुले ऐन बनेको लामो समयदेखि लागु हुन नसकेकोप्रति असन्तुष्टी प्रकट गर्दै सो ऐन छिटो कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राख्नु भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *