उपत्यकाका ६७४ सहित देशभर थप ११५४ मा कोरोना पुष्टि, १००५ जना डिस्चार्ज (विवरणसहित)

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ६७४ सहित देशभर थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ६५ हजार २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज १००५ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ४७ हजार २३८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२७ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *