त्रिशुली नदीमा पेट्रोल ट्याङ्कर खसेर आगो लाग्यो, चालक र सहचालकको अवस्था अज्ञात

news-details

पृथ्वी राजमार्गमा आज विहान एउटा तेल ट्याङ्कर दुर्घटना भएको छ । पृथ्वी राजमार्गको गल्छी गाउँपालिकास्थित चिरौदी पुल नजिकै सो दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख नेत्र भट्टले जानकारी दिनुभयो ।

ट्याङ्कर कहाँबाट आएको र कति नम्वरको हो खुलेको छैन । ट्याङ्करमा सवार चालक र सहचालकको अवस्था पनि अज्ञात रहेको छ । रातको समयमा खसेकाले उद्दार गर्न समेत कठिनाई भएको र अहिलेसम्म उक्त सवारीका कोही पनि सम्पर्कमा नआएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्याङ्कर सडकबाट करिव दुई सय फिट तल त्रिशुली नदीमा खसेर आगो लागेको छ । प्रहरी अहिले घटना स्थलमा खोजी ताथा उद्दारमा लागिरहेको ट्राफिक प्रहरी प्रमुख भट्टले जनाकारी दिनुभएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *