नेपालको संविधान जारी भएको आज पाँच बर्ष पूरा, प्रम ओलीद्धारा देशवासीलाई सम्बोधन (भिडियोसहित)

कोरोना नियन्त्रणमा सरकारको काम उत्साहजनक : प्रम ओली
news-details

नेपालको संविधान जारी भएको आज पाँच बर्ष पूरा भएको छ । संविधान दिवस हर्षोल्लासका साथ मनाऔं भन्ने मुल नाराका साथ पाँचौ संविधान दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

सार्वभौमसत्ता जनतामा रहनेगरी २०७२ साल असोज ३ गते संविधानसभाले नेपालको वर्तमान संविधान जारी गरेको हो ।

नेपाली जनताले संविधानसभामार्फत आफ्नो संविधान आफै लेख्ने सौभाग्य प्राप्त गरेकोले संविधान दिवसलाई महत्वपूर्ण दिनको रुपमा मनाउन सरकारले आम नागरिकलाई आह्वान गरेको छ । संविधान दिवसको मूल समारोह अहिले विहान ९ बजेबाट सैनिक मञ्च टुडिखेलमा भइरहेको छ ।

टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले छैटौं संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा देशबासीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सम्बोधन गर्दै स्वदेश तथा विदेशमा रहनुभएका नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको हो ।

हिजो आज र भोली ३ दिनसम्म बिभिन्न कार्यक्रम गरी मनाइने संविधान दिवसका अवसरमा परिसम्वाद , जनचेतनामुलक कार्यक्रम जागरण गीत प्रसारण लगायतका कार्यक्रम आयोजना गरिदैछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *