काठमाडौ उपत्यकाका ८५९ सहित देशभर अहिलेसम्मकै बढी थप २०२० मा कोरोना संक्रमण पुष्टि (जिल्लागत विवरणसहित)

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ८५९ सहित देशभर थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ८७१ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ४३ हजार ८२० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९० पुगेको पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *