बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनीत

news-details

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनीत भएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद बैठकको सिफारिसमा गौतमलाई राष्ट्रियसभा सदस्य मनोनीत गरेकी हुन ।

तीन दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई रिक्त राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

नवनियुक्त राष्ट्रियसभा सदस्य गौतमको शपथ बिहीबार अपरान्ह ४ बजे सिंहदरवारमा तय भएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतमलाई शपथ खुवाउनेछन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *