कक्षा १२ को ४० नम्बरको परीक्षा अनलाइनबाटै हुने

news-details

कक्षा १२ को ४० पूर्णांकको लागि अनलाइनबाट परीक्षा हुने भएको छ ।

कूल पूर्णांकको ४० नम्बरका लागि अनलाइनबाट परीक्षा गरिने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ ।

कोरोनाभाइरस महामारीका कारण भएको लकडाउन तथा निषेधाज्ञाले स्थगित परीक्षा अनलाइनबाट गरिन लागेको हो ।

बोर्डले अनुसार कूल १०० पूर्णांकको ४० नम्बर अनलाइनबाट लिइने, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्तांकलाई बाँकी ४० नम्बर गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ ।

यो मिश्रित ढाँचाको परीक्षाबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाइ स्वीकृत भएपछि निर्णय कार्यान्वयन हुनेछ ।

मन्त्रालयका अनुसार सरकारले चाँडै निर्णय गर्नै बताएको छ । अनलाईनको पहुँच नहुनेले पनि अन्य विकल्प प्रयोग गर्न सक्ने सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरिसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *