कांग्रेस महामन्त्री डा कोइराला अस्पताल भर्ना, कोरोनासँगै निमोनियाको आशंका

news-details

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन ।

कोरोना संक्रमण भएपछि केही दिनदेखि घरमै आइसोलेसनमा बसिरहेका कोइरालालाई अचानक ज्वरो आएपछि सोमबार राति ओम अस्पतालमा भर्ना गरिएको उनका स्वकिय सचिव भरत तिवारीले जानकारी दिए ।

ज्वरो कम भएपनि चिकित्सकहरुले कोइरालामाथि निमोनिया भएको आशंका गरेका छन् ।

कोइरालाको उपचारमा ओम अस्पतालका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न छ ।

महामन्त्री कोइरालाको स्वास्थ्यमा क्रमश सुधार भइरहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *