फ्रान्सबाट फर्किएकी एक नेपाली युवतीमा कोरोना संक्रमण भएको पुष्टि

news-details

फ्रान्सबाट नेपाल फर्किएका एक जना नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन गरेर फ्रान्सबाट नेपाल फर्किएकी एक नेपाली युवतीमा कोरोनाको संक्रमण देखिएको जानकारी दिएका छन ।

फ्रान्समा अध्ययनरत १९ वर्षिया ती युवती गत चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएकी थिइन् । त्यसबेला उनमा कोरोनाको कुनै लक्षण नदेखिए पनि उनी होम क्वारेन्टाइनमा बसेकी थिइन । तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि टेकु अस्पतालमा भर्ना गरिएको छ भने उनिसँग सम्पर्कमा आएका ब्यक्तिलाई पनि क्वारेन्टाइनमा रखिएको छ ।

मन्त्री ढकालले पत्रकार सम्मेलनमा सम्पूर्ण नेपालीलाई सावधानी अपनाउन आग्रह गर्दै अत्यावश्यक सेवा बाहेकका सबै कामहरु बन्द गरेर सबैलाई आ–आफ्ना घरभित्र बस्न र बाहिर अनावश्यक भिडभाड नगर्न अनुरोध गरेका छन ।

कोरोना संक्रमित युवतीको परिचय भने गोप्य राखिएको छ । यसअघि पनि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *