कूल पूजाको लागि हिडेको जीप बागलुङमा दुर्घटना, १४ जनाको घटनास्थलमै मृत्यु

news-details

बागलुङको बडिगाड गाउँपालिका–७ मा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएको र एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

कूल पूजाका लागि गुल्मीको ईस्माबबाट बुर्तिबाङ जादै गरेको ग १ ज ५२१९ नम्वरको जीप बडिगाड गाउँपालिका ७ भिङगिठे घोपर्नामा जीप दुर्घटना भएको हो । जीप सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक झविन्द भट्टराईले बताए ।

दुर्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको मृत्यू भएको छ । तीनजनाको उद्धार गरी उपचारर्थ बुर्तिवाङ पठाइएको र थप उपचारको काठमाडौं ल्याउन हेलिकप्टरको पहल गरिएको प्रनाउ भट्टराईले बताए । जीपमा १८ जना सवार थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *