लुक्लामा विमान दुर्घटना : पार्किङमा राखेको हेलिकप्टरसँग ठोक्किदा ३ को मृत्यु, २ घाइते

news-details

सोलुखुम्बुको लुक्ला विमानस्थलबाट उड्न लागेको समिट एयरको जहाज दुर्घटनामा कोपाइलट र दुई असईको मृत्यु भएको छ । दुर्घटनामा पाइलटसहित दुईजना घाइते छन् ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार जहाजका कोपाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो भने अर्का असई रुद्रबहादुर श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान लुक्ला विमानस्थलमा समिट एयरको उक्त जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो । प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले दुर्घटना भएको पुष्टि गर्दै समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किएको बताए ।

जहाजमा चालकदल बाहेक यात्रु भने नभएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए ।

दुर्घटनामा उक्त जहाजका क्याप्टेन रवीन्द्र रोकाया र एयर होस्टेज घाइते छन् । क्याप्टेन रोकायालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ र श्री एयरका हेलिकप्टरसित ठोकिएको थियो ।

दुर्घटनाका क्रममा धावनमार्गमा रहेका एक प्रहरी समेत घाइते भएका छन् । दुर्घटनाबाट हेलिकप्टरमा क्षति पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *