पोखराबाट पनि श्रम स्वीकृति लिन सकिने

news-details

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन काठमाडौनै आउनुपर्ने बाध्यताको अन्त्य गर्दै आज पुष २६ गते बिहीबारदेखि पोखराबाट पनि श्रम स्वीकृति लिन सकिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगार सम्वन्धी सेवा प्रदेशस्तरमै पुर्याउने सरकारको नीति अनुसार गण्डकी प्रदेश अन्तर्गत पोखराको शहीद चोकमा श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृति सेवा सुरु भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरा कार्यालयको सो सेवाको सुभारम्भ गरेका हुन ।

पोखरा कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति सेवा प्रदान गर्ने, वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन र नियमन गर्ने, सरोकारवालाहरुबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासोहरु सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता कार्यहरु सुरू भएको जनाइएको छ ।

यसअघि जनकपुर र बुटवलबाट पुनःश्रम स्वीकृति दिन थालिसकिएको छ ।

(फोटो साभार : कान्तिपुर)

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *