भदौ २४ देखि राष्ट्रिय नाचघरमा ‘माउजंग बाबुसाहेबको कोट’मन्चन हुदै

news-details

काठमाडौँ / नाट्यकर्मी महासंघ र सांस्कृतिक संस्थानको आयोजनामा अहिले जमलस्थित राष्ट्रिय नाचघरमा नाटक ‘माउजंग बाबुसाहेबको कोट’ को रिहर्सल भैरहेको छ । भदौ २४ गते देखि मन्चन हुने उक्त नाटकको मुख्य भूमिका नेपाली नाट्य तथा सिने क्षेत्रका परिचित मुहार जेवि डिसीले निभाएका छन् । नाटकमा उनका अलावा तुलसा पहाडी, रोहानी लामा, अनिता थापा, दिलिप खड्का, कोपिला थापा लगायतले भूमिका निभाउदै छन् ।

भदौ २४ गते पछि असोज ५ गतेसम्म राष्ट्रिय नाचघरमा उक्त नाटक हरेक दिन बेलुका ५:३० देखि मन्चन हुनेछ । भवानी भिक्षुद्वारा लिखित उक्त कथा कक्षा १० को पाठ्यक्रममा समेत समावेश छ ।

२००६ सालमा देशमा राणाको शासन अन्त्य भएपश्चात सत्ता, शक्ति र सान गुमेका राणा नेतृत्वको मनमा बाँकी रहेको सत्ता र शक्तिको हुटहुटिलाई केन्द्रीय पात्र जेवी डिसीले नाटकमा उतार्नेछन । र, खोसिएको सत्ताको प्रतिविम्ब बन्नेछ माउजंग बाबुसाहेबको ‘कोट’ । कथाको नाट्य रुपान्तरण विजय विस्फोटले गरेका हुन् र निर्देशन पनि उनैले गर्नेछन ।

पछिल्लो समय चलचित्र क्षेत्रमा व्यस्त डिसीले तिन दर्जन भन्दा बढी नाटकमा अभिनय गरिसकेका छन् र केहि नाटकको निर्देशन समेत गरेका छन् । विगत २ दशक देखि नाट्य क्षेत्रमा समर्पित उनले अभिनय गरेका नाटकहरुमा दंगाली राजा, नाम नभएको मानिस, कंकाल, पत्थरको कथा, लडाई, जुनको उदय, शक्ति, जीवन दर्शन, मान्छे प्रतियोगिता, प्रयोगशालामा मान्छे, थ्याङ्क यु मिस्टर ग्ल्याड, बहुलाकाजिको सपना आदि रहेका छन् ।

त्यस्तै उनले अभिनय गरेका चलचित्रहरुमा बुह्रान, सिग्नेचर, लुकामारी, मन्दिरा, लोभी दुनियाँ आदि रहेका छन् भने घनचक्कर नामक चलचित्र पोष्ट प्रोडक्सनको क्रममा छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *