सञ्चारकर्मी दिपक समीर म्युजिक भिडियो निर्देशनमा

यस्तो छ उनको पहिलो म्युजिक भिडियो
news-details

काठमाडौँ । सञ्चारकर्मी दिपक समीरले निर्देशन गरेको पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित गायक राजेशपायल राईको ‘वैगुनी रै छौ मायालुु’ बोलको गीतको भिडियो म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको हो ।

भरत बंजमको शब्द, बसन्त मुकारुङको संगीत रहेको भिडियोमा श्रीदेव भट्टराई, पुरुषोतम सानु र वर्षा चौलागाईको अभिनय छ । श्रोताले अत्याधिक मन पराएको उक्त गीतलाई सुजन शाहीले सम्पादन गरेका छन् भने दीपक सोनले पर्दामा उतारेका छन् ।

लामो समयदेखि सञ्चार जगतमा क्रियाशील समीर रेडियो, टेलिभिजनमा स्रोता र दर्शकले रुचाएका सञ्चारकर्मी हुन् । पहिलो म्युजिक भिडियो निर्देशनबाट उत्साहित देखिएका उनले आगामी दिनमा यसले अझ निरन्तर लाग्नलाई प्रेरणा मिलेको बताए ।

हेर्नुहोस भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *