काठमाडौंमा रवि लामिछानेको बयान आजदेखि
- मंसिर १४, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आजदेखि काठमाडौंमा सुरु हुने भएको छ ।
बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याएर जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएका लामिछानेको बयान जिल्ला सरकारी वकिल कार्यालयमा हुनेछ ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्य सहकारी संस्थाको रकम अपचलनमा दोषी देखिएको भन्दै लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा पुर्याइएका लामिछानेलाई कास्की अदालतले १५ दिनको हिरासत अनुमति दिएको छ । यसबीच बुटवलको सुप्रिम सहकारीको बचत हिनामिनाको बयान रूपन्देहीमा भइसकेको छ ।
काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई चितवन लैजाने तयारी रहेको छ । साहारा चितवन सहकारीका २४ बचतकर्ताले पूरक जाहेरी दिएपछि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।
0 प्रतिक्रिया
रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु
रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । गाडीमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको र ३ जना […]
‘जुत्ता एक्सचेन्ज’ अफरसहित जावलाखेल चोकमा शोरुम खुल्यो, पुरानो जुत्तासँग नयाँ साट्ने सुनौलो अवसर
ललितपुरको जावलाखेल चोकमा ‘जुत्ता एक्सचेञ्ज’ को आकर्षक अफरसहित शोरुम संचालनमा आएको छ । विगत ७ वर्षदेखि पुतलीसडकस्थित पद्मोदयमोडमा लागिरहेको ‘पद्मोदय […]
नेपाल र फिनल्यान्डबीच पिआइ योजनामा सहमति
नेपाल सरकार र फिनल्यान्ड सरकारबीच सार्वजनिक क्षेत्र लगानी सुविधा पिआइ योजनामा सहमति भएको छ । सहमतिले नेपालका सामाजिक–आर्थिक पूर्वाधारलाई मजबुत […]
पोल्याण्ड पठाउने भन्दै तीन लाख बढी ठगी गर्ने महिला पक्राउ
पोल्याण्ड पठाइदिने प्रलोभन देखाएर ३ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर […]
सरकारले शैक्षिक संस्थाहरूको नियमित प्रक्रियामा हस्तक्षेप गरिरहेको छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप गरी शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने र […]