निरु पाण्डेको हत्या आरोपमा एक जना पक्राउ, थप विवरण आजै सार्वजनिक गर्ने तयारी
- बैशाख १७, २०८०
- 0
कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।
हिजो राती झापाबाट विनोद विकलाई पक्राउ गरिएको सो हत्या अनुसन्धानका लागि गठित छानबिन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरिक्षक एआईजी किरण बज्रचार्यले जानकारी दिइन ।
थप विवरण आजै सार्वजनिक गरिने उनले बताइन । गत वैशाख ७ गते दिनदहाडै पसलमा नै बसिरहेका बेला छुरा प्रहार गरी पाण्डेको हत्या भएको थियो ।
प्रहरी घटनास्थलमा पुग्ने वित्तिकै त्रिवि शिक्षण अस्पताल लगिएकोमा उनलाई चिकित्सकहरुले मृत घोषित गरेका थिए । आरोपी पक्राउ पर्न नसकेको भन्दै आफन्त, व्यवसायी र स्थानीयहरुले प्रशासनविरुद्ध आन्दोलन गरिरहेका थिए ।
घटना भएको धेरै दिनसम्म पनि आरोपीलाई प्रक्राउ गर्न नसकेकोले एआइजी किरण बज्राचार्यको संयोजकत्वमा उच्च स्तरको अनुसन्धान समिति गठन गरेको हो ।
0 प्रतिक्रिया
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बिहान ११ बजे बस्न लागेको छ । पार्टी केन्द्रीय कार्यालय […]
बुटवलमा जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु
बुटवलमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पुर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल तिनाउ पुलमा बोलेरो जिप अनियन्त्रित भएर पल्टिँदा […]
काठमाडौंमा आज यो वर्षकै बढी चिसो
शनिबार बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महशुस गरिएको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार […]
हुम्लावासीका लागि खानेपानीको समस्या समाधानका गर्न आवश्यक : मन्त्री यादव
हुम्ला (सिमिकोट) । खानेपानीमन्त्री प्रदीप यादवले हुम्लावासीका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्नका लागि महत्वपूर्ण योजनाहरु अगाडि सारेको बताएका छन् […]
एनपीएलमा आज पनि दुई खेल हुँदै, प्लेअफमा पुग्न तीन टिमबीच प्रतिस्पर्धा
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार (आज) दुई खेल हुँँदैछन् । बिहान पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्दैछन् । […]