राहदानी विभागको टोली पोर्चुगल जादै

news-details

युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभागको टोली पोर्चुगल जाने भएको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली यही मार्च २९ मा पोर्चुगल जाने भएको हो ।

लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा टोलीले करिब एक महिना राजधानी लिस्बनमा रहेर राहदानी सेवा प्रदान गर्ने पेरिसस्थित नेपाली दूतावासले जनाएको छ । पोर्चुगलमा रहेका नेपालीलाई सेवा प्रदान गर्न विभागबाट खटिएको टोलीसँगै दूतावासका कर्मचारीको समेत सहभागिता रहने फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिए । टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नाबालिकका लागि प्राथमिकताका आधारमा सेवा प्रदान गर्ने राजदूत अधिकारीले बताए ।

विशेषतः पोर्चुगलको अध्यागमन र सीमा सेवा (सेफ) बाट अपोइन्टमेन्ट पाइसकेका तर राहदानीको म्याद सकिसकेका, क्षति भएका र राहदानी नै नभएकाका लागि पहिलो प्राथमिकतामा सेवा प्रवाह गरिने उनले बताए ।

दूतावासका अनुसार राहदानीको म्याद सकिएका, राहदानी नष्ट भएका र राहदानी हराएकाहरुलाई सेवा प्रदान गरिने छ । एक महिने राहदानी सेवा शिविरका लागि लिस्बनको आन्जुसमा कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्ने तयारी भइरहेको अधिकारीले बताए ।

–रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *