दिभानको महिला हिंसाबिरुद्धको अभियान

news-details
काठमाडौंको मुटु दरवारमार्गमा गत बर्ष खुलेको दिभान युनिसेक्स हेयर एण्ड स्किन केयरले महिला हिंसा बिरुद्धको अभियान थालेको छ । आफ्नो पहिलो बार्षिकोत्सवको अवसर पारेर सौन्दर्य सेवाको क्षेत्रमा ब्राण्डकै रुपमा स्थापित भइसकेको दिभानले सामाजिक उत्तरदायित्वको अभियान थालेको हो ।
बार्षिकोत्सवको अवसरमा केक काट्नुको साथै ‘स्टप वमन भ्वाइलेन्स’ लेखिएको टिसर्ट सार्वजनिक गरियो । दिभानमा कार्यरत सम्पूर्ण कर्मचारीले अवदेखि ड्युटीमा रहँदा ‘स्टप वमन भ्वाइलेन्स’ लेखिएको टिसर्ट लगाई काम गर्ने छन् भने दिभानले आफ्नो उत्पादन वा सेवामा महिला हिंसा विरुद्धको नारालाई अनिवार्यरुपमा प्रयोग गर्ने नियम बनाइएको संचालक रमेश पराजुलीले जानकारी दिए ।

महिलामाथि हिंसा बढिरहँदा सचेतना जगाएर केही हदसम्म भएपनि कम गर्ने दिभानले लक्ष्य लिएको छ । ‘महिला हिंसाविरुद्ध अभियान शुरु गरेर एक प्रकारको प्रेरकको भूमिका निर्वाह गर्ने प्रयास गरेका छौ’ संचालक पराजुलीले बताए ।

गुणस्तरीय सौन्दर्य सामाग्रीको प्रयोगगरी स्तरीय सेवा प्रदान गर्दै आएको दिभानले स्थापनाको एक बर्षमा नै ग्राहकको मन जित्न सफल भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *