अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतमा, भ्रमणको विरोधमा प्रदर्शन

news-details

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण सुरु गरेका छन् । उनको दुई दिने भ्रमण तालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन् । ट्रम्पले बेलायतस्थित रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गर्ने बताइएको छ।

ट्रम्पलाई बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्लेन्हिम प्यालेसमा स्वागत भेट गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकी राष्ट्रपतिका रूपमा राष्ट्रपति ट्रम्पले गरेको यो पहिलो बेलायत भ्रमण भए पनि बेलायतमा उनको व्यापक विरोध भएको छ ।

दशौँ हजार प्रदर्शनकारीहरूले ट्रम्पको भ्रमणका विरुद्धमा प्रदर्शन गरेका छन् । रासस/सिन्ह्वा

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *