अहालियाको १ किलो सुन नेपाली ग्राहकले पाए

news-details

यूएईको रेमिट्यान्स कम्पनी अहालिया एक्सचेञ्जले समर सरप्राइज-२०१८ को १ किलो सुन नेपाली ग्राहकले पाएका छन् ।
अहालिया एक्सचेञ्जका नेपाली ब्यापार प्रमुख बेनिमाधव ढकालका अनुसार गत महिनाको जून १२ तारिख नेपालमा रकम पठाएका नरेन्द्र मगरले उक्त पुरस्कार लक्की ड्रको आधारमा पाएका हुन ।

गत १६ जून देखि १४ जुलाईसम्म उक्त एक्सचेञ्जबाट पैसा पठाएका सबै ग्राहकमध्यबाट नेपालीलाई उक्त पुरस्कार हात पार्नु गर्वको कुरा भएको ढकालले बताएका छन् ।

जुलाई १५ तारिख अहालिया एक्सचेञ्जको अबुधाबीमा रहेको इलेक्ट्रा शाखामा उक्त बिजेता घोषणा गरिएको हो । यसका अतिरिक्त समर सरप्राइज कार्यक्रम अन्तर्गत माइक्रोओभन, एलइडी टिभी, घडी, किरिङ, पेन र मग लगायतका अन्य उपहार सामग्री पनि पाउन सकिने व्यवस्था अहालिया एक्सचेञ्जले गरेको थियो ।

सस्तो सेवा शुल्कमा भरपर्दो सेवा र अन्य एक्सचेञ्जभन्दा तुलनात्मक रूपमा राम्रो रेटमा रकम पठाउन सकिने अहलिया एक्सचेञ्जका हेड अफ अपरेसन कमल सुब्बाले जानकारी दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *