हिमालयन बैंक र नेपाल मेडिसिटी अस्पतालबीच छुट सम्झौता

news-details

हिमालयन बैंक र नेपाल मेडिसिटी अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार नेपाल मेडिसिटी अस्पतालले हिमालयन बैंकद्वारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा ७ प्रतिशत सम्म छुट प्रदान गर्नेछ ।

सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र नेपाल मेडिसिटी अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन् ।

हिमालयन र मेडिसिटीबीचको उक्त सम्झौताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने विश्वास गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *