नेपाली दूतावास साउदीको आयोजनामा स्वास्थ्य परिक्षण एवं श्रमिकका समस्याका विषयमा अन्तरक्रिया सम्पन्न

news-details

साउदी अरबस्थित नेपाली राजदूतावासले श्रमिकको स्वास्थ्य जाँच तथा अन्तरिक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली राजदूतावास रियादले अलुनल मेडिकल कम्प्लेक्स, हायल र नेपाली प्रवासी समाज हायलको सहयोग तथा समन्वयमा स्वास्थ्य परीक्षण कार्यक्रम गरेको हो ।

दूतावासका अनुसार निःशुल्क स्वास्थ्य परीक्षणबाट ६० जनाले लाभ लिएका छन् ।

यसैबीच, दूतावासको आयोजनामा श्रमिकका समस्या र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ । त्यहाँ कार्यरत नेपाली कामदारहरुको समस्या बाहिर आइरहेका बेला दूतावासले श्रमिक र सरोकारवाला राखेर अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रम काउन्सिलर अम्बिकाप्रसाद अधिकारीले श्रमिकका समस्या र समाधानका उपायबारे आफ्नो धारणा राखेका थिए ।

द्वितीय सचिव भरत खनालले दूतावासले दिने सेवा र तिनको कार्यविधिबारे प्रष्ट पारेका थिए भने बैंकिङ क्षेत्रका अनुभवी स्रोत व्यक्ति रामबहादुर क्षेत्रीले वित्तीय साक्षरताबारे भनाइ राखे ।

नेपाली प्रवासी समाज, हायलका अध्यक्ष होमराज बास्तोला तथा अलनुर मेडिकल कम्प्लेक्सका मार्केटिङ तथा सेल्स म्यानेजर मोहम्मद समसुद्धिनले कार्यक्रम सफलताको कामनासहित दूतावाससंग सहकार्य गर्न पाएको भन्दै प्रसन्नता व्यक्त गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *