रोकिएन टिप्पर आतंक, काठमाडौंमा टिप्परको ठक्करबाट युवतीको मृत्यु

news-details

काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा आज बा ७ ख ९४७५ नं को टिपरले ठक्कर दिँदा बा ९६ प ४९११ नम्बरको मोटरसाइकलमा सवार १८ वर्षीय अनुजा घिमिरेको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनामा घाइते घिमिरेको उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिए ।

मोटरसाइकल चालक २६ वर्षीय अनुज घिमिरे भने घाइते भएका छन् । टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *